सञ्चय कोषमा जम्मा भयो एक खर्ब ६३ अर्ब, सापटी र ऋणपत्रमै धेरै लगानी, परियोजनामा थोरै

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014

काठमाडौं। कर्मचारी सञ्चय कोषमा एक खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ। गत असार मसान्तसम्मको विवरण अनुसार कोषमा आर्थिक वर्ष २०७०/७१मा मात्रै करिब २२ अर्ब रुपैयाँ बचत थपेको छ।

Tata
GBIME
Nepal Life

कोष मंगलबार ५३ औ वर्ष प्रवेशमा गरेको छ। वार्षिकोत्सवका अवसरमा जारी गरेको तथ्यांक अनुसार जम्मा भएको बचत मध्ये सबैभन्दा धेरै सापटीमै लगानी भएको छ। कोषले सापटीमा ९४ अर्ब रुपैयाँ लगानी गरेको छ। कर्मचारीले जम्मा गरेको रकमबाट आफैले ९० प्रतिसतसम्म सापटी लिन पाउँछन् ।

कर्मचारी सञ्चय कोष सबैभन्दा धेरै वचत परिचालन गर्ने सस्था हो। डेढ खर्ब भन्दा बढी बचत जम्मा भएका अरु सस्था छैनन्। यो सस्थाले परियोजना कर्जा भने बढाउन सकेको छैन। गत आर्थिक वर्षसम्म जम्मा २५ अर्ब ६९ करोड मात्रै परियोजना कर्जा दिएको छ। विगत एक बर्षमा यस्तो कर्जा १० अर्ब रुपैयाँ बढाएपनि बचतको तुलनामा भने यस्तो कर्जा निकै सानो हिस्सा हो।

कोषले सरकारी ऋणपत्रमा १४ अर्ब र मुद्दति निक्षेपमा २६ अर्ब रुपैयाँ लगानी गरेको छ। गत वर्ष मुद्दति निक्षेप २७ अर्बबाट करिब एक अर्ब घटाएको हो भने ऋणपत्रमा गरेको लगानी करिब ५० करोड रुपैयाँ बढाएको हो।