ब्राइट डेभलपमेन्टबाट पहिलो पटक लगानीकर्ताले लाभांश पाँउदै, २० प्रतिशत बोनस, पाँच प्रतिशत नगद

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
काठमाडौं। ब्राइट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पहिलो पटक लाभांश पाउँदै छन । बिसं २०६९ कात्तिकमा सर्वसाधारणमा सेयर जारी गरेको बैंकले २० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 
बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आफ्नो बार्षिक साधारण सभाले पारित गर्न बाँकी छ । बैंकको बोनस सेयर पारित भएपछि चुक्तपूँजी १६ करोड ८० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी १४ करोड रुपैयाँ रहेको छ । बैंकले एक करोड ९१ लाख नाफा कमाएको थियो । 
 
त्यस्तै, मंगलवार शाइन डेभलपमेन्ट बैंकको १९ लाख १९ हजार एक सय ८२ कित्ता सेयर सुचीकृत भएको छ । बैंकले जारी गरेको हकप्रद सेयर सुचीकरण गरिएको हो । 
 

Tata
GBIME
Nepal Life