सेयर बजारको वृद्धि र भारु बलियो हुँदा भारतीय अर्बपतीहरुको संख्या बढ्यो, शीर्ष स्थानमा अम्बानी

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014

Tata
GBIME
Nepal Life
भारत । सेयर बजारमा भएको वृद्धि र भारुको विनिमयदरमा भएको झिनो सुधारले भारतीय अर्बपतीहरुको सुची फराकिलो भएको छ । २०१४ को लागि निकालिएको हुरुन इण्डिया रिच लिस्टले यो सुचीमा ४६ जना अर्बपतीहरुलाई नवप्रवेसीको रुपमा भित्र्याएको छ । 
 
सन् २०१४ को लागि लिस्टमा कुल एक सय नौं अर्बपती समावेश गरिएका छन । गत बर्ष यो सुचीमा ६३ र त्यो भन्दा अघि ५९ जना रहेका थिए । 
 
चर्चित अर्बपती मुकेश अम्बानी यस बर्षपनि भारतका सर्वाधिक धनि अर्बपतीको सुचीमा परेका छन । उनी यससहित लगातार तीन बर्षदेखी यो सुचीको अग्रस्थानमा छन । गत बर्षको तुलनामा उनको सम्पत्ती ३७ प्रतिशतले बढेर कुल १६ खर्ब ५० अर्ब भारु बराबर भएको उल्लेख छ ।
 

उनको कम्पनी रिलायन्सले गत बर्ष सात खर्ब आठ अर्ब लगानी गरेर रिफाइनरी बिजनेस बिस्तार गर्ने स्वीकृती मागेको थियो। उनले गत बर्ष भारतको एक ठुलो सञ्चार गृह ‘नेटवर्क १८’ ४२ अर्ब भारुमा खरिद गरेका थिए ।  
 

यसपटक लक्ष्मी निवास मित्तललाई यो सुचीको दोस्रो स्थानबाट हटाउदै सन फर्मास्युटिकलसका दिलिप सांघवी जम्न सफल भए । उनको सम्पत्तीमा गतबर्षको तुलनामा ४३ प्रतिशतले वृद्धि भएर १२ खर्ब ९० अर्ब भारु भएको छ ।  
 
यो पटक भएको अर्काे आश्चर्य भनको यसपटक यो सुचीको प्रमूख १० मा गौतम अदाणीको प्रवेश हुनुलाई लिइएको छ । गत बर्षको तुलनामा उनको सम्पत्ती एक सय ५२ प्रतिशतले बढेर चार खर्ब ४० अर्ब भारु पुगेको छ । उनको अदाणी इन्टरप्राइजेज र अदाणी पोर्टस्को सेयर मूल्यमा क्रमशः एक सय ८० र ९० प्रतिशतले वृद्धि भएको छ ।
 
दोस्रोबाट तेस्रो स्थानमा झरेका लक्ष्मी मित्तलको सम्पत्तीमा भने चार प्रतिशतले कमि आएर नौं खर्ब ७० अर्ब भारुमा सिमित भएको छ । 
 
चौथो स्थानमा रहेका  अजिम हसिम प्रेमजीको दक्षिण भारतकै सबैभन्दा धनी व्यक्ति बनेका छन । उनको सम्पत्तीको मूल्य आठ खर्ब ६० अर्ब भरु रहेको छ ।  शिव नाडर यो सुचीको पाँचौं स्थानमा छन । एचसीएल टेक्नोलोजिजको सेयर मूल्यमा भएको ५७ प्रतिशतको वृद्धिसंगै उनको कुल सम्पत्ती ४० प्रतिशत बढेको छ । 
स्रोत: बिजनेश लाइन