कुमारी बैंकको ३३ प्रतिशत बोनस सेयर प्रस्ताव, लक्ष्मी बैंकको पनि २० प्रतिशत बानेस दिने घोषणा

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
काठमाडौं। कुमारी बैंकले ३३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७४ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । 
 
बैंकको बोनस सेयर पारित भएमा चुक्तापूँजी दुई अर्ब ४३ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल एक अर्ब ८२ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । बैंकले ३४ करोड रुपैयाँ नाफा कमाएको थियो । 

Tata
GBIME
Nepal Life
 
लक्ष्मी बैंकले पनि २० प्रतिशत बोनस सेयर घोषणा गरेको छ । सोमवार साझ बसेको बैंकको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकको बोनस सेयर पारित भएका चुक्तापूँजी दुई अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापूँजी एक अर्ब ९४ करोड रुपैयाँ रहेको छ । बैंकले कर प्रयोजनको लागि पनि १.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।
मनास्लु बिकास बैंकले पनि १०.०५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । बैंकले कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव पनि गरेको छ । बैंकको बोनस सेयर दिएपछि चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको १२ करोड रुपैयाँ चुक्तापूँजी छ । बैंकले एक करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, मेट्रो डेभलपमेन्ट बैंकको तीन लाख ७१ हजार कित्ता हकप्रद सेयर र नेपाल लाइफ इन्स्योरेन्सको ४४ लाख ६२ हजार पाँच सय कित्ता बोनस सेयर सुचीकरण भएको छ ।