कुमारीले गर्यो बजारलाई रिभाइभ, नेप्से साढे १० अंक बढ्यो, लाभांश घोषणासँगै बजार सुध्रियो

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
कुमारीले गर्यो बजारलाई रिभाइभ, नेप्से साढे १० अंक बढ्यो, लाभांश घोषणासँगै बजार सुध्रियो
काठमाडौं। कारोबार खुलेदेखि नै कुमारी बैंकको सेयर मूल्यमा लगानीकर्ताहरुको चाप उच्च थियो । मूल्य बढेरै करोबार भएपनि कम्पनीको लाभांशको घोषणा खबर सार्वजनिक भएपछि मूल्य थप उच्च भयो । यसले बजार पनि बढ्दो दिशामा देखियो ।

Tata
GBIME
Nepal Life

कुमारीको ३३ प्रतिशत बोनस प्रस्तावसंगै बढेको बजार लक्ष्मीको २० प्रतिशत बोनस सेयरको घोषणाको खबरले थप उचालियो । बजार बन्द हुँदा नेप्से परिसूचक करिब साढे १० अंकले वृद्धि भयो । कुमारीको ५६ रुपैयाँले मूल्य बढ्यो भने सबैभन्दा धेरै १० करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । 
 

कारोबार शुरु भएदेखि नै बिकास बैंकको समूह बढेको भएपनि बजार उचल्न पर्याप्त देखिएन । अन्ततः बैंकहरुको मूल्य बढेसंगै बजारमा सुधार देखियो । मनास्लु र ब्राइट डेभलपमेन्टले पनि मंगलवार नै लाभांशको घोषणा गरे ।तर सोमवार साँझ साढे छ बजे नेप्सेले लक्ष्मी बैंकको लाभांशको सुचना पाएको भएपनि सार्वजनिक भने मंगलवार कारोबारको दोस्रो सत्र पछि मात्र गरेको थियो । 
 
छिमेक लघुवित्त बिकास बैंकले पनि ३५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । लाभांशको पर्खाइमा रहेका एनसीसी बैंकमा पनि लगानीकर्ताको आकर्षण रहेको देखिएको छ । बैंकको पनि दुई करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबार रकम केही बढेर ४६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । 
 
कारोबारमा आएका एक सय ३१ कम्पनीमा ३७ कम्पनीको मूल्य घट्यो भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् समूहको परिसूचक भने घटेको छ । चिलिमे जलविद्युत्को सेयर मूल्य ४० रुपैयाँले घटेपछि यो समूहमा असर परेको हो । बुटवल पावर, अरुण भ्यालीको सयर मूल्यमा परिवर्तन भएन भने सानिमामाइ र नेशनल हाइड्रोको मूल्य घट्यो । रिडी हाइड्रोको भने १९ रुपैयाँले मूल्य बढेको छ । 

मंगलवार आठ कम्पनीको मूल्य आठ देखि १० प्रतिशतसम्म बढ्यो । नागबेली लघुवित्त, पूर्णीमा बिकास बैंक, मिथिला लघुवित्त, कुमारी बैंक, प्राइम बैंक, नेको यन्स्योरेन्स, काबेली बिकास बैंक, लक्ष्मी बैंकको सेयर मूल्य नौं प्रतिशतभन्दा धेरेले बढेको हो । 
 
सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मूल्य नौं प्रतिशत, एपेक्स डेभलपमेन्ट, काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर मूल्य छ प्रतिशतको दरले घटेको छ ।