आइएमइले मलेसियामा अलपत्र नेपाली कामदारको उद्धारमा सहयोग गर्ने, ५० जनालाई हवाइ टिकट

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
आइएमइले मलेसियामा अलपत्र नेपाली कामदारको उद्धारमा सहयोग गर्ने, ५० जनालाई हवाइ टिकट


काठमाडौं। नेपाली दुताबास क्वालालम्पुर मलेसिया र आईएमई मलेसिया बीच वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा कार्यरत समस्याग्रस्त  नेपाली कामदार घर फिर्तीमा  आर्थिक सहयोग उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।

Tata
GBIME
Nepal Life

सम्झौतामा नेपाली दुतावास क्वालालम्पुर मलेसियाका राजदुत डा। निरन्जन मानसिंह बस्न्यात र आईएमई मलेसियाका तर्फबाट प्रबन्ध निर्देशक हेम राज ढकाल ९रामु० ले हस्ताक्षर गरेका हुन् । 
 

सम्झौता अनुरुप आईएमईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुको नेपाल सम्मको सुरक्षित यात्राको लागि झन्डै नौ लाख रुपयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउन लागेको हो ।

उक्त रकमबाट  दुतावासमार्फत् कम्पनीलाई प्राप्त हुने नामांकन सूचिका आधारमा ५०  अलपत्र  नेपाली नागरिकलाई हवाई टिकट प्रदान गरिने छ।  
 

आईएमई वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा क्रियाशील सबै नेपालीको विश्वसनीय विप्रेषण सेवा प्रदायक कम्पनीको रुपमा स्थापित छ ।