लक्स कोजीले पहिलो डिलर्स भेटघाट गर्‍यो, नयाँ डिजाइनमा जाडोमा लगाउने पोशाक बजारमा

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014

काठमाडौं। भारतको भित्री पोशाक निर्माण कम्पनी लक्स कोजीले नेपालमा पहिलोपटक डिलर्स भेटघाट सम्पन्न गरेको छ । नेपालभरीबाट एक सय भन्दा धेरै विक्रेताहरु माझ सम्पन्न उक्त डिलर्स भेटघाट लक्स कोजीका लागी नेपालको आधिकारीक विकता रामदेउरा इन्टरनेशनलले आयोजना गरेको हो।

Tata
GBIME
Nepal Life

डिलर्स भेटघाटमा भारतबाट आएका कोजीका अध्यक्ष अशोक तोदीले कार्यक्रम उद्घाटन गरेका थिए । अध्यक्ष तोदीले कोजीले संख्यात्मक उत्पादनका साथ साथै गुणस्तरीय सामान उत्पादनमा उत्तिकै महत्व दिइरहेको बताए । उनले लक्स कोजी तीव्र गतिले विश्व बजारमा छाइरहेको र चाँडै नै विश्वको नम्बर एक भित्री पोशाक निर्माण गर्ने कम्पनी बन्ने दाबी गरे ।

रामदेउरा इन्टरनेशनलका अध्यक्ष प्रमोद चाचनले नेपाल जस्तो हावापानी भएको देशमा लक्स कोजीका भित्री पोशाकहरु बढी उपयोगी हुने बताए ।
डिलर्स भेटघाटका साथै लक्स कोजीले जाडो महिनाको लागी उपयोगी अन्य भित्री पोशाक पनि बजारमा ल्याएको छ।

लक्स कोजी, अन, चार्जर, कट्स उल र इनफेर्नो पोशाकहरु अन्य भित्री पोशाकको दाँजोमा बढी नै न्यानो र हलुका हुने कोजीले दाबी गरेको छ । यी पोशाक शरीरमा लागाउँदा मिलेर बस्ने भएकाले यस माथि जुन सुकै प्रकारमा कपडाहरु आरामदायी तरिकाले लगाउन मिल्ने चाचनले बताए ।

महिला, पुरुष, बालबालिका र वृद्यहरुलाई छुट्टा छुट्टै उत्पादन हुने लक्सले हरेक वर्ष नयाँ नयाँ डिजाईनका पोशाक बनाइरहेको छ ।