नेपाल लाइफ इन्स्योरेन्सले पायो दोस्रो पटक पनि बेस्ट म्यानेज्ड लाइफ इन्सुरेन्स कम्पनी अवार्ड

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014

Tata
GBIME
Nepal Life

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यो वर्ष पनि बेस्ट म्यानेज्ड लाइफ इन्सुरेन्स कम्पनी अफ दि इयर २०१४ बाट सम्मानित भएको छ । यो कम्पनी गएको वर्ष पनि सोही अवार्डबाट सम्मानित भएको थियो ।

न्यू बिजनेश एजप्रालिले हालै गरेको न्यूजविक बिजनेश कन्क्लेभ तथा अवार्ड २०१४ मा नेपाल लाइफलाई सम्मानित गरिएको हो । उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारीअ अधिकृत विवेक झाले ग्रहण गरेका थिए ।

कम्पनीले लगातार दोस्रो पटक यो अवार्डबाट सम्मानित भएकोमा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएको छ । यस्तै आगामी दिनमा पनि बिमीतहरुको हितमा काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।