एनसेलले थप्यो मज्जाको एसएमएस प्याकको अवधि, एक दिनमा तीन रुपैयाँ तिरे सय एसएमएस

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
एनसेलले थप्यो मज्जाको एसएमएस प्याकको अवधि,  एक दिनमा तीन रुपैयाँ तिरे सय एसएमएस

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ल्याएको तीन रुपैयाँमा एक दिनमा १०० एसएमएस पठाउन सकिने योजना ‘मज्जाको एसएमएस प्याक’को अवधि तीन महिना थपेको छ ।
असारको ३ गतेबाट लागु भएको यो योजना मंगलवार सकिदै थियो । आउदो दशैं, तिहार, छठ जस्ता चाडपर्वमा ग्राहकको बढ्दो संचार आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले योजनाको अवधि ९० दिनलाई थपेको, एनसेलले जारी प्रेस विज्ञप्तिमा छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालले योजनाबाट कम शुल्कमै ग्राहकलाई एकआपसमा खुशियाली साट्न सहज बनाएको र त्यसलाई चाढपर्वमा निरन्तरता दिन योजनालाई पनि निरन्तरता दिइएको बताइन् ।
यो प्याक अन्तर्गत एनसेलका ग्राहले कर वाहेक तीन रुपैयाँमा दैनिक एसएमएस प्याक, १८ रुपैयाँमा साप्ताहिक  तथा ५४ रुपैयाँमा मासिक एसएमएस प्याक खरिद गर्न सक्छन् । प्याक अवधि भर कुनै पनि एनसेल नम्बरमा दैनिक १०० एसएमएस पठाउन सक्नेछन्, दिनमा १०० भन्दा बढी एसएमएस पठाउँदा भने नियमित एसएमएस शुल्क लाग्ने, कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले आफ्नो चाहना बमोजिमको प्याक एक पटक (वान टाइम) एक्टिभेट गरि प्याक सकिए छि पुनः एक्टिभेट गर्न सक्छन् । अन्यथा, सहजताको लागि स्वतः नविरण हुने गरि रिकरिङ्ग प्याक लिन पनि सक्ने कम्पनीले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life