गोदावरी भिलेज रिसोर्टमा मजदुर–व्यवस्थापन विवाद समाधान, तीन महिनादेखि बन्द रिसोर्ट सञ्चालन

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
गोदावरी भिलेज रिसोर्टमा मजदुर–व्यवस्थापन विवाद समाधान, तीन महिनादेखि बन्द रिसोर्ट सञ्चालन


काठमाडौं । तीन महिनादेखि व्यवस्थापन र मजदुरबीच विवादका कारण बन्द गोदावरी भिलेज रिसोर्ट पुनः संचालनमा आएको छ । व्यवस्थापन र मजदुरवीच देखिएको विवाद समाधान भएपछि रिसोर्ट संचालनमा आएको गोदावरी भिलेज व्यवस्थापनले जनाएको छ ।
१८ वर्ष अघि स्थापित भएको रिसोर्टमा करिब १ सय ५० जना मजदुरले प्रत्यक्ष रोजगारी पाएका छन् ।
हाल ६९ वटा डिलक्स कोठाहरु संचालनमा रहेको उक्त रिसोर्टमा हेल्थ क्लव, स्विमिङ्ग पुल, मिटिङ्ग हल, सम्मेलन हल, जस्ता सुविधा उपलब्ध रहेका छन् ।
 स्वदेशी तथा विदेशी पर्यटकहरुलाई लक्षित गरि खोलिएको यस रिसोर्ट मुलुकका शीर्ष राजनैतिक दलहरुको वार्ता र संवादको उपयुक्त थलोको रुपमा समेत परिचित छ ।

Tata
GBIME
Nepal Life