मूल्य बढ्ने वित्तिकै प्रतिफल सुरक्षित गर्ने क्रम बढ्यो, नेप्से सुचक एक प्रतिशत कमले घट्यो

बिजमाण्डू
२०७१ असोज १ गते ००:०० | Sep 17, 2014
मूल्य बढ्ने वित्तिकै प्रतिफल सुरक्षित गर्ने क्रम बढ्यो, नेप्से सुचक एक प्रतिशत कमले घट्यो
काठमाडौं। लाभांश घोषणा पछि कम्पनीहरुको मूल्य बढ्ने वित्तिकै सेयर बेच्ने क्रम वृद्धि भएको छ । यस्ते प्रवृत्तिले बजारमा प्रभाव परेको छ । पहिलो सत्रमा बढ्दो क्रममा रहेको बजार एक घण्टा बितेपछि घट्ने क्रममा देखियो । वाणिज्य बैंकहरुको सेयर मूल्य घट्न थालेपछि बजार ओरालो लाग्न थाल्यो । ठुलो चाड दशैं नजिकिदै जाँदा लगानीकर्ताहरु केही प्रतिफल देखिने वित्तीकै सेयर बिक्री गर्न थालेपछि बजारमा चाप बढेको बजार स्रोतहरुले बताएका छन । 
लाभांश उच्च घोषणा गरेका बैंकहरुको समेत मूल्य घटेको छ । कुमारी बैंकको तीन प्रतिशतभन्दा धेरै, एनसीसी बैंकको एक प्रतिशतभन्दा कम, ग्लोबल आइएमइको एक प्रतिशत बढिले मूल्य घट्यो । तर मूल्य घटेको मौकामा यी कम्पनीको सेयरमा किन्नेहरु पनि कम देखिएनन ।

Tata
GBIME
Nepal Life

कुमारीको १० करोड, एनसीसीको आठ करोड ८१ लाख र ग्लोबल आइएमइको दुई करोड २३ लाख रुपैयाँको कारोबार भएर प्रमूख तीन कम्पनीमा दरिए कारोबार खुलेको केही समयमा नै कुमारी बैंकको सेयरलाई छ सय ७९ रुपैयाँ हाल्न तयार रहेका लगानीकर्ताले बिक्री चाप बढेपछि छ सय रुपैयामा नै कम्पनीको सेयर किन्ने अवसर पनि पाए । 

होटेल समूहको परिसूचकमा कारोबारको मध्यदेखि सुधार आयो र निरन्तरता जारी रह्यो । घोषणा गरेको लाभांश प्राप्त गर्ने अन्तिम दिन भएकोले ओरियण्टल होटेलको सेयर मूल्य सात प्रतिशतले बढेर सात सय ३० रुपैयाँ पुगेको छ । होटेलले कर प्रयोजनसहित १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। होटेलले विहीवारबाट बुक क्लोज हुने उल्लेख गरेको छ । यही समूहको तारागाँउ रिजेन्सी (हायात होटेल) को समेत सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले वृद्धि भयो । 

उच्च दरमा लाभांश घोषणा गरेका बिकास बैंक र यी समूहका बैंकहरुको सेयर मूल्य भने बढेको छ । मूल्य बढेका प्रमूख १० कमपनीमा ओरियण्टल होटेल बाहेक अन्य सबै बिकास बैंक रहे । मिथिला लघुवित्त, प्रोफेशनल बिकासको नौं प्रतिशतभन्दा धेरैले मूल्य बढ्यो । बिकास बैंक समूहको परिसूचक एकाध पटक घटेपनि बढेर बन्द भएको छ ।

लगानी गर्ने क्रम भने बजारमा बढेको कारोबार रकमले देखाउँछ । अघिल्लो दिन ४६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधवार भने ४८ करोड रुपैयाँको कारोबार भयो । कारोबारमा आएका ६८ कम्पनीको मूल्य घटेको छ भने ५१ कम्पनीको मूल्य बढेको छ ।