सिभिल मलमा सामसुङ दशैतिहार महोत्सव, एक हजार रुपैयाँ खर्चिने ग्राहकलाई उपहारै उपहार

बिजमाण्डू
२०७१ असोज १ गते ००:०० | Sep 17, 2014

काठमाडौं। सिभिल मलले दशै तिहारमा सामसुङ ग्यालेक्सि एस फाइभ 'सिभिल मल दशै तिहार महोत्सव २०७१' सुरु गर्ने भएको छ। असोज ३ गते शुक्रवार देखि यो योजना सुरु हुने जानकारी मल व्यवस्थापनले दिएको छ। सिभिल मलमा एक हजार रुपैयाँ वा सो भन्दा माथिको किनमेल गर्ने ग्राहकहरु यो योजनामा सहभागि हुन पाउने छन्।

एक हजार रुपैयाँ वा सो भन्दा बढीको  सामान किनमेल गर्ने ग्राहकमध्ये गोलाप्रथाबाट विजेता चयन गरी विभिन्न उपहार प्रदान गरिने छ। सिभिल मलका अनुसार चार जना भाग्यशाली विजेताले महिन्द्रा स्कुटर प्राप्त गर्नेछन्।

Tata
GBIME
Nepal Life

महोत्सवमा ग्राहकहरुले दैनिक दुई लाख पचास हजार वरावरको पुरस्कार पाउने जानकारी दिइएको छ। काठमाण्डौ दुवईको दुईतर्फी हवाई टिकट, एलसीडी टीभी, हिराको हार, डिजिटल क्यामेरा, घडी, फ्रीज, वासिग मेशिन र माइक्रो वेभ ओभन ग्राहकले प्राप्त गर्नेछन्। यस बाहेक अन्य थुप्रै उपहारहरु पनि सो योजना अर्न्तगत प्रदान गरिने मलले जनाएको छ।