एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ बिक्री शुरु, पहिलो बर्ष १० प्रतिशत लाभांश दिन सक्ने

बिजमाण्डू
२०७१ असोज २ गते ००:०० | Sep 18, 2014
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–१ बिक्री शुरु, पहिलो बर्ष १० प्रतिशत लाभांश दिन सक्ने
काठमाडौं। विहीवार (असोज २ गते) बाट एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड –१ को बिक्री शुरु भएको छ । प्रति इकाई १० रुपैयाँ रहेको यो फण्डको छ करोड इकाई (६० करोड रुपैयाँ) बिक्रीको लागि खुला भएको हो । 
 
कुल इकाइ मध्ये १४ प्रतिशत कोष प्रबद्र्धक एनएमबी बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबी क्यापिटलको लागि छुट्याइएको छ । बीउ पूँजीको रुपमा यसरी प्रबद्र्धक र व्यवस्थापकले रकम हाल्नुुपर्ने हुन्छ । यो एनएमबी क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी कोषको पहिलो योजना हो ।
 
इकाइ बिक्री छिटोमा असोज छ गते र ढिलोमा असोज २० गतेसम्म खुला रहने छ । एक हजार रुपैयाँ हुनेले समेत इकाइ (न्युनतम एक सय इकाई)को लागि आवेदन दिन सक्ने छन । अधिकत्तम ६० लाख इकाइ (छ करोड रुपैयाँ) को आवेदन दिन सकिने छ । 
 
एनएमबी क्यापिटल र एनएनबी बैंकको देशभरका शाखाबाट यो योजनाको इकाइ बिक्री भइरहेको छ । बन्द मुखी यो योजना पाँच बर्षमा परिपक्व हुने छ । सेयर जसरी नै दोस्रो बजारमा यी इकाई सुचीकृत हुने भएकोले सजिलै कारोबार गर्न समेत सकिने छ । यो योजनाका प्रवद्र्धकले रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालबाट औसत कर्जा जोखिमभन्दा माथिल्लो स्तरको जनाउने बीबीबी संकेत पाएको छ । त्यस्तै योजना व्यवस्थापकले व्यवस्थापन क्षमता पर्याप्त रहेको संकेत एएमसी क्वालिटी थ्री पाएको छ । 
 
योजनाको कोष सुपरिवेक्षकमा प्रोफेसर, चार्टर्ड एकाउन्टेन्ट, प्रशासक लगायत रहेका छन । योजनाले गर्ने लगानीको पहिलो बर्ष २३.०६ प्रतिफल कमाउने र  त्यसपछिका बर्ष केही कम हुँदै जाने वित्तिय विवरणम उल्लेख छ । त्यस्तै, लाभांशपछिको खुद सम्पत्तीको मूल्य पहिलो बर्ष १२.३१ रुपैयाँ रहने र परिपक्व हुने बर्ष २३.३६ रुपैयाँ हुने उल्लेख छ । यी विवरणहरु हेर्दा योजनाले पहिलो बर्ष १० प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । 
 
सामूहिक लगानी कोषका यस्ता योजनाहरु नयाँ तथा सेयर बजारमा लगानी गर्न चहाने तर जोखिम मोल्न नचहाने लगानीकर्ताको लागि सहयोगी हुन्छन । कम पूँजी हुने लगानीकर्ताहरुलाई पनि यी योजना विकल्प हुन सक्छन ।
 
यस्ता योजनाले सर्वसधारणबाट हुने लगानीको सही रुपमा परिचालन गरेर अधिकत्तम प्रतिफल दिने प्रयास गर्छन । यी योजनाले आफुले प्राप्त गर्ने लगानीको प्रतिफल करमुक्त रहेकोले समेत लगानीकर्तालाई बढि प्रतिफल दिन सक्ने हुन्छन । लगानीकर्ताले भने यस्ता इकाइको खरिद बिक्रीबाट हुने पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । 
 

Tata
GBIME
Nepal Life