सुप्रिम डेभलपमेन्टमा कर्मचारी माग, कर्जा प्रमूखदेखि अधिकृतसम्म चार जना कर्मचारी माग

बिजमाण्डू
२०७१ असोज २ गते ००:०० | Sep 18, 2014
काठमाडौं। सुप्रिम डेभलपमेन्ट बैंकले चार जना कर्मचारीको माग गरेको छ । बैंकले  प्रमूख प्रबन्धक/बरिष्ठ प्रबन्धक (कर्जा प्रमूख)को पदमा एक जनाके माग गरेको छ । व्यवस्थापनमा स्नाकोत्तर गरेको वा सो सरहको अध्ययन भएको, सात बर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल वाणिज्य बैंकमा कार्यरत भए अधिकृत वा त्योभन्दा माथिल्लो तहमा र राष्ट्रिय स्तरको बिकास बैंकमा भए डेपुटी म्यानेजर वा त्यो भन्दा माथी काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । त्यस्तै, यो पदको लागि उमेर हदबन्दि ३० देखि ४० बर्षको हुनुपर्ने तोकिएको छ ।
 
बैंकले प्रबन्धक (सञ्जाल सहजिकरण प्रमूख)को पदमा पनि एक जनाको माग गरेको छ । व्यवस्थापनमा स्नाकोत्तर गरेको वा सो सरहको अध्ययन भएको, पाँच बर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल वाणिज्य बैंकमा कार्यरत भए अधिकृत वा त्यो भन्दा माथिल्लो तहमा र राष्ट्रिय स्तरको बिकास बैंकमा भए सहायक म्यानेजर वा सो भन्दा माथी काम गरेको हुनु पर्ने योग्यता तोकेको छ । यो पदको लागि पनि उमेर हदबन्दि ३० देखि ४० बर्षको हुनुपर्ने तोकिएको छ ।
 
बैंकको डेपुटी म्यानेजर (प्रमूख सञ्चालन तथा बजार अधिकृत) मा एक पदको माग गरेको छ । व्यवस्थापनमा स्नाकोत्तर गरेको वा सो सरहको अध्ययन भएको, चार बर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल वाणिज्य बैंकमा कार्यरत भए कनिष्ठ अधिकृत वा त्यो भन्दा माथिल्लो तहमा र राष्ट्रिय स्तरको बिकास बैंकमा भए बरिष्ठ अधिकृत वा सो भन्दा माथी काम गरेको हुनु पर्ने योग्यता तोकेको छ । यो पदको लागि पनि उमेर हदबन्दि २८ देखि ४० बर्षको हुनुपर्ने तोकिएको छ । 
 
बैंकले अधिकृत (रिलेसन अफिसर) को लागि पनि एक जना मागेको छ । व्यवस्थापनमा स्नाकोत्तर गरेको वा सो सरहको अध्ययन भएको, तीन बर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरेको छ ।  हाल वाणिज्य बैंकमा कार्यरत भए सुपरिवेक्षक वा त्यो भन्दा माथिल्लो तहमा र राष्ट्रिय स्तरको बिकास बैंकमा भए कनिष्ठ अधिकृत वा सो भन्दा माथी काम गरेको हुनु पर्ने योग्यता तोकेको छ । यो पदको लागि पनि उमेर हदबन्दि २५ देखि ३५ बर्षको हुनुपर्ने तोकिएको छ ।  
 
 
 

Tata
GBIME
Nepal Life