सिटिभीमा मोबाइल किन्दा सुनचाँदीको सिक्का, पुरानो मोबाइल दिएर नयाँ लिन पनि पाइने

बिजमाण्डू
२०७१ असोज २ गते ००:०० | Sep 18, 2014

काठमाडौं । ब्राण्डेड मोबाइलको कारोबार र ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाइलले दसैं तिहारमा सुनको सिक्का सहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।
 
सिटिभीले असोज १ गतेबाट दिपावलीसम्मका लागि ल्याएको 'दसैं तिहार उपहार—सदाबहार' योजना अन्तर्गत सिटिभी मोबाइलका आउटलेटबाट कुनैपनि मोबाइलको खरिदमा भित्ते घडी, टर्चलाइट, मोबाइल सेट, टिसर्ट, सुनचाँदीको सिक्कासम्म पाउने सिटिभि मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
 
यो योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२,१३ र ३३ तथा चाबहिलस्थित केएलटावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ ।
 
पछि पर्नसक्ने ठूलाठूला लक्की ड्र भन्दा ग्राहकहरु प्रत्यक्ष प्राप्त गर्ने छुट तथा हात खाली नजाने उपहारमा विश्वास गर्ने भएकोले यसपटक सिटिभीले यस्तो योजना ल्याएको सिटिभीका निर्देशक संगम राईले बताए ।

Tata
GBIME
Nepal Life

यो उपहार योजनाको साथै पुरानो मोबाइलहरुको एक्सचेन्ज अफरलाई भने कायमै राखेको छ ।