फिटराइटको दसैं आयो अफर पायो योजना सार्वजनिक, जुत्ता चप्पलमा दश प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७१ असोज २ गते ००:०० | Sep 18, 2014

काठमाडौं । नेपाली जुत्ता उत्पादन कम्पनी फिटराइटले जुत्ताहरुमा विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर नयाँ अफर सार्वजनिक गरेको छ ।

Tata
GBIME
Nepal Life

उपभोक्ताहरुलाई लक्षित गरी विभिन्न छुट तथा अफरहरु लागु गरिएको कम्पनीले जनाएको छ । फिटराइट, बाटा र सिग्नेचर ब्राण्डका जुत्ता खरिदमा तत्काल उपहार पाइने र बाटाका जुत्ता चप्पलहरुमा १० प्रतिशत छुट उपलब्ध गर्ने योजना फिटराइटले ल्याएको छ।

विभिन्न किसिमका नयाँ मोडलका क्याजुअल,स्पोर्ट,पार्टी जुत्ता र चप्पलहरु बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। साथै कम्पनीले नेपालमै पहिलो पटक ुद ओरिजिनल फुटवेयर इन्क, युएसएको स्वाट बुट्स भित्र्याएको छ। विभिन्न डिजाइनमा उपलब्ध यी बुटहरु बलियो र टिकाउ भएको कम्पनीले जानकारी गराएको छ।