यसबर्ष पनि आकर्षक लाभांश दिए कम्पनीहरुले, ४० मध्ये सातको मात्र घट्यो, बजार भने प्रभाव परेन

बिजमाण्डू
२०७१ असोज ४ गते ००:०० | Sep 20, 2014

विजयराज खनाल/बिजमाण्डू  
काठमाडौं। लाभांश प्राप्तिको आधारमा हेर्ने हो भने यस बर्षपनि लगानीकर्ताहरु भाग्यमानी सावित भए। हालसम्मको घोषणालाई हेर्ने हो भने लगानीकर्ता खासै निरास हुनुपर्ने अवस्था छैन, कम्पनीहरुले आकर्षक लाभांश घोषणा गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

उदाहरणको लागि लाभांस घोषणा गर्ने ४० वटा कम्पनी लिएका छौं। ४० मध्ये सात कम्पनीको मात्र यस बर्ष लाभांशदर घटेको छ। युनिक फाइनान्स, अरुणभ्याली हाइड्रो पावर कम्पनी, नेरुडे लघुवित्त, चिलिमे जलविद्युत्, एभरेष्ट फाइनान्स, छिमेक लघुवित्त र बैंक अफ काठमाण्डूले यसपटक लाभांश दर केही घटाए।

अघिल्लो बर्ष वा बर्षाैदेखि लाभांश नपाएका कतिपय कम्पनीका लगानीकर्ता पनि यस बर्ष भाग्यमानी ठहरिए। अघिल्लो पटक लगानीकर्तालाई कुनै लाभांश नदिएको एनसीसी बैंक, सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फइनान्सले यसपटक भने निकै राम्रो दरमा लाभांश दिने घोषणा गरेका छन्। त्यस्तै, सर्वसधारणमा सेयर जारी गरेको करिब १४ बर्ष पछि ओरियन्टल होटेलले पनि लगानीकर्तालाई लाभांश दिने घोषणा गर्यो। २०६९ साल कात्तिकमा सर्वसाधारणमा सेयर जारी गरेको ब्राइट डेभलपमेन्ट बैंकले पनि पहिलो पटक लाभांश घोषणा गरेको छ।

गत बर्ष मात्रै प्राथमिक सेयर निष्कासन गरेका कतिपय कम्पनीका लगानीकर्ताहरुले पनि पहिलो बर्ष नै लाभांश पाउने भए। मनास्लु बिकास बैंक, नबिल ब्यालेन्स्ड फण्डका लगानीकर्ता छिट्टै लाभांस पाउने भाग्यमानीमा परे।

यी ४० मध्ये यसपटक नबिल बैंकको लाभांश दर सबैभन्दा उच्च र एभरेष्ट फाइनान्सको सबैभन्दा कम रहेको छ। नबिल बैंकले २० प्रतिशत बोनस र ४५ प्रतिशत नगद लाभांश दिने भएको छ भने एभरेष्ट फाइनान्सले १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सबैभन्दा धेरै बोनस सेय एनसीसी बैंकले (३८ प्रतिशत) प्रस्ताव गरेको छ भने कम नारायणी नेशनल फाइनान्स (पाँच प्रतिशत) ले प्रस्ताव गरेको छ। सबैभन्दा धेरै नगद लाभांश (५०.६३) एभरेष्ट बैंकले दिएको छ।

यसपटक लाभांशको रुपमा धेरै कम्पनीहरुले नगद भन्दा बोनस सेयरको मात्रा बढाए। ४० मध्ये १६ कम्पनीले बोनस सेयर दर बढाएका छन्। त्यस्तै, अघिल्लो पटक नदिएका आठ कम्पनी र लाभांश नै पहिलो पटक दिएको मनास्लु बिकास बैंकले पनि बोनस सेयर दिने घोषणा गरेको छ।

बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले तोके अनुसार चुक्तापूँजी पुर्याउनु पर्ने भएकोले पनि धेरै कम्पनीहरुले बोनस सेयर घोषणा गरेका हुन्। राष्ट्र बैंकले २०७१ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्तापूँजी दुई अर्ब, राष्ट्रिय स्तरका बिकास बैंकहरुको ६४ करोड, १० जिल्ले बिकास बैंकको लागि २० करोड रुपैयाँ, तीन जिल्ला कार्यक्षेत्र भएका बिकास बैंकहरुको लागि १० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ। वित्तीय पहुँच पुगेका जिल्लाहरुमा रहका लघुवित्त बिकास बैंकहरुलाई समेत पूँजी वृद्धि गर्न लगाउने चालु आर्थिक बर्षको मौद्रिक नीतिले उल्लेख गरेको छ। पूँजी वृद्धि गर्नुपर्ने आवश्यकता भएका धेरै बैंक तथा वित्तीय संस्थाले बोनस सेयर घोषणा गरिरहेका छन्।  

अघिल्ला बर्षहरुमा लाभांश घोषणाको प्रभाव बजारमा सकारात्मक देखिने गरेको भएपनि यसपटक भने केही कम देखियो। नगद लाभांशको तुलनामा बोनस सेयरको प्रभाव अझ बढि रहने गरेको नेपाली बजारमा यसपटक बोनस दर बढ्दा पनि प्रभाव न्युन रह्यो। गत बर्ष कतिपय कम्पनीहरुको बोनस सेयर समायोजन पछि पनि मूल्य नघटेको देखिएको थियो। त्यस्तै, लाभांश घोषणा हुनु अघिनै सेयर किनेका लगानीकर्ताले लाभांश लिएपछि सेयर बेच्दा समेत मुल्य परिर्वतनबाट २५ देखि ३० प्रतिशत फाइदा पाएका थिए।

कम्पनीहरुले लाभांश घोषणा गरिरहेको समयमा बजार नघट्ने भएपनि यसपटक यस्तो भएकोमा लगानीकर्ता तथा नियामक अलमलमा परेका छन्। धेरैले बजारमा ठुला लगानीकर्ताहरुले खेलेको, साना लगानीकर्ताहरु प्रफिट बुकिङमा हतारिएको कारण लाभांश घोषणा पछि पनि बजार नबढेको बताउछन्। केही लगानीकर्ताहरुले भने यसपटक लाभांश घोषणा हुनुअघि बजारमा सेयरको मूल्य बढेको तर घोषणा भइसकेपछि भने घट्ने प्रवृत्ति देखिएको बताउछन्। उनीहरुका अनुसार गत बर्ष यस्तो प्रवृत्ति एकाध कम्पनीमा देखिएको थियो यसपटक प्राय सबैमा देखिएको छ।

यस पटक मूल्य घट्ने प्रवृत्ति बुक क्लोज अघि नै पनि हुने गरेको छ। तर त्यसबाट फाइदा जानेका लगानीकर्ताले पाएको देखिन्छ। उदाहरण हेरौं, लाभांश घोषणा गरे लगत्तै एभरेष्ट बैंकको सेयर मूल्य दुई हजार पाँच सय बाट घटेर दुई हजार दुई सय ५० मा आयो। तर लाभांश पाउनसक्ने दिन भदौं १७ (बुक क्लोज मिती भदौं १८ अघि) बैंकको सात करोड रुपैयाँको सेयर कारोबार भयो। त्यो दिन लगानीकर्ताले सस्तो मूल्य (२१२७ देखि २२५७ रुपैयाँ) मा मात्र सेयर पाएनन, ६२ प्रतिशत लाभांश पनि हात पारेका छन्।

कसले कति प्रस्ताव गरे लाभांस ?

    This year Last year
  Company Bonus % cash % Bonus % cash %
1 Kumari bank 33 1.74 14 0.74
2 NCC bank 38 2 0 0
3 BOK 10.42 0.55 14 0.73
4 Everest bank 12 50.63 10 50.53
5 Nabil bank 20 45 25 40
6 Laxmi bank 20 1.05 15 0
7 Lumbini bank 6 5 8 0.42
8 Siddartha bank 12 11.16 12 10.11
9 Citizen bank 13 5.95 0 15
10 Nepal invest 15 25 10 25
11 Sanima bank 15 0.79 10 0.52
12 Global IME 21 4 15 0
13 Shahayogi bikas 26 10 26 8.5
14 Narayani national 5 20 0 12.63
15 Bright development 20 5 0 0
16 Oriental hotel 10 (incl, cash) 0 0
17 Manaslu bikas 10.05 0.5 0 0
18 Chimmek Laghubitta 35 10 33.23 15
19 Muktinath bikas bank 38 0 20 7.5
20 Metro bikas 16   16 0.84
21 Purnima 25 0 10 4
22 Sagarmatha merchant 36 0 0 0
23 Everest finance 0 10 15 0
24 Chilime hydro 20 15 30 10
25 First micro  0 15.79 0 15
26 Sworojgar laghubitta 27.39 20 0 19
27 Nerude laghubikas 25 20 55 0.02
28 Siddartha invest growth skim 1 0 15 0 4.5
29 Sewa bikas 20   12  
30 Nepal express 34   9.5 0
31 Ghuyeshori merchant 23.75 1.25 15 2
32 Kaski finance 18.73   0 13
34 Nabil balanced fund 0 14 0 0
35 Kamana bikas bank 21   15 6
36 Hamro bikas bank 7 20 0 0
37 Arun valley hydro 10 0.52 15 0.75
38 Miteri dev 25 1.31 20 5
39 Unique finance 11.5     12
40 summit micro finance 26 12.95 12 14.32