हाम्रो प्रतिव्यक्ति आय कम छ, सेवा महँगो लाग्छ, वल्र्डलिंकका एमडि दिलीप अग्रवालको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ असोज ४ गते ००:०० | Sep 20, 2014
हाम्रो प्रतिव्यक्ति आय कम छ, सेवा महँगो लाग्छ,  वल्र्डलिंकका एमडि दिलीप अग्रवालको अन्तर्वार्ता
विश्वमा कुनै पनि टेलिकम कम्पनीले अनलिमिटेड इन्टरनेट दिएर बिजनेशमा सर्भाइभ गर्न सक्दैन । अमेरिकामा एटिएनटीले अनलिमिटेड सेवा सुरु गर्यो पछि फिर्ता गर्यो । किनभने उसको टावरको क्षमताभन्दा धेरै मान्छेले त्यो चलाइदिए । नेपालमा अहिलेसम्म कुनै पनि टेलिकम कम्पनीले अनलिमिटेड सेवा सुरु गरेका छैनन् । श्रीलंकामा मैले एउटा कम्पनीको अनलिमिटेड सेवा देखेको थिएँ, तर छोटो अक्षरमा स्पिड घटेर जान्छ भनेर लेखिएको थियो ।

म एनसेलको फ्यान हुँ किनकि एनसेलले धेरै राम्रो थ्रीजी सेवा दिएको छ । एउटा मान्छेले घरमा थ्रीजीको डेटा प्याकेजमा किन धेरै पैसा तिर्ने ? बरु अड्को पड्को म थ्रिजी चलाउँछु, घरमा अनलिमिटेड इन्टरनेट चलाउँछु । त्यसका लागि कसको इन्टरनेट राम्रो छ । खोज्दै जाँदा त मेरै देख्छ र उसले घरमा त मेरो इन्टरनेटकै राउटर हाल भन्छ । कुनै नयाँ कम्पनी आयो भने त्यसले बजारलाई त झन विस्तार गर्छ ।

हरेक मान्छे संधैभरी लाइम लाइटमा हुँदैन । एक त उसको पर्फमेन्स हुन्छ र अर्कोतर्फ नयाँ मान्छे पनि आउनु पर्यो । धेरै अवार्डमा मैले अवदेखि सहभागी हुन्न भन्दिएँ । किनभने मलाई नै नराम्रो लाग्न थाल्यो । किन मैले मात्रै त्यो लाइम लाइट ओगटेर बस्ने ? नयाँ नयाँ मान्छे आउँछन्, उनीहरुले पनि अवसर पाउनुपर्यो । म ‘कन्सिअस्ली’ नै अवार्डबाट पछि हटें ।

अमेरिकामा केमेष्ट्रि पढेपछि दिलिप अग्रवालले अमेरिका र केमेष्ट्रि दुवै छाडे । अमेरिका छाडेपछि काठमाडौं रोजे, केमष्ट्रिको ठाउँमा आईटी । दुई दशक अघि काठमाडौंमा एउटा कोठा दुई वटा कम्प्युटरबाट उनले सुरु गरे वर्ल्ड लिंक । इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकसँग अहिले पाँच सयभन्दा बढी कर्मचारी छन् । देशभर वल्र्डलिंकको जालो छ । दुई दशकदेखि नेपालीलाई सस्तोमा इन्टरनेट दिने प्रयास गरिरहेका अग्रवाललाई बिजमाण्डूका सविन मिश्रले सोधे, फेरी पनि सर्वसाधरणको सहज पहुँचमा त इन्टरनेट पुगने नि ?

Tata
GBIME
Nepal Life

वर्ल्ड  लिंक स्थापना भएको दुई दशक भइसकेको छ, यो अवधिलाई तपाईं आफू कसरी मूल्यांकन गर्नुहुन्छ ?
हामीले यो अवधिमा धेरै उपलब्धि पायौं जस्तो लाग्दैन । तर हामीले जुन हिसाबले राष्ट्रलाई योगदान गर्न सकेका छौं, जनतालाई इन्टरनेटबारे जागरुक गराउन सकेका छौं, नाम कमाउन सकेका छौं । त्यसरी हेर्ने हो भने कम्पनीलाई स्थायित्व प्रदान गरेर अघि बढाउन सकेका छौं ।

एउटा कोठा, दुई वटा कम्प्युटरबाट सुरु भएको कम्पनी आज यो अवस्थामा पुगेको छ, देशभर फैलिएको छ, यो उपलब्धि होइन ?
हामी १९ वर्षदेखि यसमा काम गरिरहेका छौं, जुन किसिमले विश्वमा इन्टरनेटको विकास भएको छ, त्यो हिसावले हेर्ने हो भने हामीले धेरै गर्न सकेनौं कि ।

तपाईंलाई त्यहाँ पुग्न के कुराले अवरोध गरेको थियो ?
विश्वव्यापी रुपमै हेर्ने हो भने प्रविधिको कुरो पहिले आउँछ । विश्वमा आजको दिनमा ताररहित इन्टरनेट सेवाको खपत धेरै छ । तारबाट इन्टरनेटको प्रवाह धेरै कम भएको छ । केवलमा लगानी धेरै लाग्छ र समय पनि धेरै । ताररहितमा भने एक पटक हालिदिएपछि ग्राहकलाई पनि र हामीलाई पनि सजिलो हुन्छ । तर सरकारले हाम्रो हातमा त्यस्तो प्रविधि आउनै दिएन । त्यसले गर्दा नेपालमा इन्टरनेटको विस्तार कम भएको हो ।

त्यस्तो किन ?
हामीले रोबस्ट टेक्नोलोजी कहिल्यै पाएनौं । सरकारप्रति हाम्रो गुनासो त्यही छ । हामीसँग त्यो प्रविधि भएको भए अहिलेभन्दा धेरै गर्न सक्थ्यौं । हाम्रो काम नै त्यही हो । तपाईं एनसेल, एनटिसी जुनसुकैको सेवा लिनुस, उनीहरुको ठुलो बिजनेश इन्टरनेटमा हुँदै होइन । उनीहरुका लागि अहिले पनि ठुलो व्यापार भनेको आवाज (भ्वाइस) हो । मोवाइल भ्वाइसमा उनीहरु प्राथमिकता साथ काम गरिरहेका छन् ।
अहिले पनि भ्वाइसमा उनीहरुको पेनिट्रेसन रेट जति हुनुपर्ने हो, जहाँसम्म पुग्नु पर्ने हो, त्यहाँसम्म पुगेको छैन् । उनीहरुले अझै पनि भ्वाइसमा ग्रो गर्ने ठाउँ धेरै छ । यस्तो अवस्थामा उनीहरुले डेटाको काम पनि गरिरहेका छन् । डेटामा आइएसपीको फोकस छ । आइएसपीमा पनि वर्ल्ड   लिंक जस्ताको मात्रै छ । धेरै वर्षदेखि हामी यहाँ कार्यरत छौं । यो वाहेक हाम्रो अरु कुनै विजनेश नै छैन । सरकारले हामीलाई प्रविधि नदिनु राष्ट्रका लागि नै ठुलो क्षति हो ।

नेपाली समाजले प्रशंसा गरेका थोरै मान्छेमध्ये तपाईं पनि एक हुनुहुन्थ्यो र तपाईं विभिन्न अवार्डले पनि सम्मानित हुनुभयो । तर पछिल्लो समयमा तपाईं हराउनुभयो ?
हरेक मान्छे संधैभरी लाइम लाइटमा हुँदैन । एक त उसको पर्फमेन्स हुन्छ र अर्कोतर्फ नयाँ मान्छे पनि आउनु पर्यो । धेरै अवार्डमा मैले अवदेखि सहभागी हुन्न भन्दिएँ । किनभने मलाई नै नराम्रो लाग्न थाल्यो । किन मैले मात्रै त्यो लाइम लाइट ओगटेर बस्ने ? नयाँ नयाँ मान्छे आउँछन्, उनीहरुले पनि अवसर पाउनुपर्यो । म ‘कन्सिअस्ली’ नै अवार्डबाट पछि हटें ।
मलाई के लाग्न थाल्यो भने मैले पाउनुसम्म पाइसकें । मलाई अब अरु चाँहिदैन । बरु नयाँ नयाँ मान्छेले पाउनुपर्यो । म मात्रै सधैं अगाडि सरिरहने हो भने राजनीति जस्तो हुन्छ । बुढाले कहिल्यै युवालाई अगाडि आउन दिँदैनन् । कतिपय अवस्थामा मनको इच्छालाई पनि दमित राख्नुपर्छ । नयाँ मान्छेले पनि मैले जस्तै सम्मान पाए भने उनीहरुले पनि धेरै काम गर्न सक्छन्, प्रगति गर्न सक्छन् ।

हाम्रो विजनेश फोकस अहिले रिङरोड बाहिर छ । हामीले के रियलाइज गर्यौं भने, रिङरोड भित्र ग्राहकलाई धेरै अपसन छन् तर बाहिर त्यो स्थिति छैन् । चार/पाँच वर्ष अगाडिभन्दा आजको दिनमा रिङरोड बाहिर जहाँ गए पनि घरै घर देखिन्छ । हामीले पनि के सोंच्यौ भने नेटवर्क विस्तार अब रिंगरोड बाहिर गरौं । रिङरोड बाहिर सेवा प्रदायक पनि कम छन्, ग्राहक धेरै छन्

अहिले टेलिकम कम्पनीहरुले हाम्रो मार्केट भनेको डेटा हो भन्न थालेका छन्, दुईवटा ठुला कम्पनी टेलिकम र एनसेल छन् । उनीहरुको बीचमा तपाईं डेटाबाट मात्रै भिडिरहनुभएको छ, अब त झनै प्रतिष्पर्धा बढ्यो भन्ने लाग्दैन ?
अन्तर्राष्ट्रिय स्तरमै इन्टरनेटको विस्तारको अवस्था हेर्ने हो भने धेरै आईएसपि गाभिए वा लोप भए । कतिपय इन्टरनेटका अरु सेवातर्फ विस्तारित भए । एनसेल र एनटिसी दुवैको थ्रीजी सेवा आयो । सर्भिसका हिसाबले हेर्ने हो भने एनटिसीको भन्दा एनसेलको राम्रो छ ।
मैले भन्नुपर्दा यी दुई कम्पनीले डेटामा प्रवेश गरेसँगै हामीलाई नकारात्मक होइन झन सकारात्मक असर पर्न गएको छ । त्यो सकारात्मक कुरा हो । स्मार्टफोनमा इन्टरनेट चलाउनेको संख्या बढ्यो नि । मोवाइलमा इन्टरनेट चलाउने बानी परेपछि मानसिले घर, अफिसमा पनि इन्टरनेट खोज्छ । यसले इन्टरनेट चलाउनेको संख्या बढ्छ ।
विश्वमा कुनै पनि टेलिकम कम्पनीले अनलिमिटेड इन्टरनेट दिएर बिजनेशमा सर्भाइभ गर्न सक्दैन । अमेरिकामा एटिएनटीले अनलिमिटेड सेवा सुरु गर्यो पछि फिर्ता गर्यो । किनभने उसको टावरको क्षमताभन्दा धेरै मान्छेले त्यो चलाइदिए । नेपालमा अहिलेसम्म कुनै पनि टेलिकम कम्पनीले अनलिमिटेड सेवा सुरु गरेका छैनन् । श्रीलंकामा मैले एउटा कम्पनीको अनलिमिटेड सेवा दिएको देखेको थिएँ, तर छोटो अक्षरमा स्पिड घटेर जान्छ भनेर लेखिएको थियो । त्यसैले अनलिमिटेड सेवा दिन सक्दैन ।
म एनसेलको फ्यान हुँ किनकि एनसेलले धेरै राम्रो थ्रीजी सेवा दिएको छ । एउटा मान्छेले घरमा थ्रीजीको डेटा प्याकेजमा किन धेरै पैसा तिर्ने ? बरु अड्को पड्को म थ्रिजी चलाउँछु, घरमा अनलिमिटेड इन्टरनेट चलाउँछु । त्यसका लागि कसको इन्टरनेट राम्रो छ । खोज्दै जाँदा त मेरै देख्छ र उसले घरमा त मेरो इन्टरनेटकै राउटर हाल भन्छ । कुनै नयाँ कम्पनी आयो भने त्यसले बजारलाई त झन विस्तार गर्छ ।

टेलिकमले हालैमात्र फाइबर टु होम सेवा सुरु गर्दैछ, एनसेलले पनि देशभर फाइबर बिच्छ्याइ रहेको छ, त्यसले पनि तपाईंलाई चुनौति थप्ने भयो ?
उनीहरु त्यहाँ आउन सक्छन् । हामीलाई के विश्वास छ भने कुनै कम्पनी पनि तारसहितको सेवामा आयो भने हामीसँग प्रतिस्पर्धा गर्न सक्दैन । किनभने हाम्रो जुन सीप छ, अनुभव छ, त्यसमा हामी उनीहरुभन्दा धेरै अगाडि छौं । काठमाडौंको सडकमा हेर्नुभयो भने तारको जञ्जाल जुन छ त्यसको व्यवस्थापन पनि गर्नुपर्‍यो । हामीले त्यो काम धेरै अगाडिदेखि गर्दै आएका छौं । उनीहरुले त्यो गर्न सक्दैनन् । त्यो कुरा उनीहरुले स्वीकार पनि गरिसकेको छ ।

हाम्रो बाहिरको अनुभव नभएर हो कि, पब्लिकलाई के लाग्छ भने नेपालमा इन्टरनेट सेवा महँगो भयो ?
तपाईंलाई के लाग्छ ?

मलाई त तपाईंको जवाफ चाहिएको हो ?
म के भन्छु, नेपालको इन्टरनेट सायद दक्षिण एसियामा सबैभन्दा सस्तो छ र विश्व व्यापी रुपमै लियो भने पनि नेपालको इन्टरनेट सस्तो मध्येको एक हो । तपाईं एमटिएनएलबाहेक भारतीय कम्पनीको वेवसाइटमा हेर्नुभयो भने पनि त्यो देख्नुहुन्छ । भारतमा कुनै पनि सेवा एक हजार भारुभन्दा सस्तोमा पाईंदैन । एमटिएनएलले तीन/चार सय आईसिमा सेवा दिन्छ । तर त्यसको सेवा भने प्रयोग गर्न लायक छैन् । एमटिएनएल पछि जानु भयो भने एयरटेल लगायत छन् ।
त्यहाँ कुनै पनि सेवा हजार, १२ सय आईसिभन्दा कम छैन् । विकसित मुलुकमा त हेर्दै नहेरौं । अमेरिकामा मासिक ४० डलरभन्दा सस्तो कुनै इन्टरनेट नै छैन । ठीक छ, त्यसमा तपाईंलाई उसले १० एमबिपिएस गतीमा इन्टरनेट दिन्छ । तर त्यो फरक बजार हो । ४० डलरमा कुनै पनि ग्राहक बन्छ भने म पनि दश एमबिपिएस गतीमा इन्टरनेट दिन्छु । तर हामी त हजार रुपैयाँमा १० एमबिपिएस दिन्छौं, डेटा क्याप हालेर । डेटा क्याप नहालि कसैले अनलिमिटेड सेवा प्रयोग गर्यो भने हामी व्यापार नै सस्टेन गर्न सक्दैनौं । नेपालमा इन्टरनेट महँगो भयो भन्ने भ्रम छ ।

एनटिसी सरकारको आफ्नै कम्पनी भएकाले लबी गरेर सुविधा लिन्छ । उनीहरु भन्छन्, हरेक गाविसमा इन्टरनेट पुर्याइदिन्छौं । पुर्याएका छन् कि छैनन्, त्यो उनीहरुलाई नै थाहा होला । म पनि गफ दिन सक्छु, कि नेपाल भर मेरो सेवा छ । तर प्रयोगकर्ता कति छन् त्यो महत्वपूर्ण हो । तपाईं नेटवर्क बनाउने तर प्रयोगकर्ता छैन भने त्यसको के अर्थ ।

इन्टरनेट प्रयोगकर्तालाई के लाग्छ भने, टेलिकमको इन्टरनेट चलाउँछ, एनसेलको इन्टरनेट चलाउँछ, उसलाई महँगो अनुभव हुन्छ । त्यसले आईएसपिमा आउने बाटो खोजेको हुन्छ तर तपाई आईएसपिको इन्टरनेट सस्तो छ भने त्यो ग्राहकलाई भिजुअलाइजेशन गर्न सकिरहनुभएको छैन् ?
सस्तो र महँगो भन्ने कुरा मान्छेको आयसँग जोडिएको हुन्छ । मान्छेको आय दश हजार रुपैयाँ भए, उसलाई हजार रुपैयाँ तिर्न गाह्रो हुन्छ । तर एक लाख भएको भए हजार रुपैयाँ तिर्न सस्तो पर्दथ्यो । मान्छेलाई किन महँगो लाग्छ भने हाम्रो देशमा प्रतिव्यक्ति आय निकै कम छ । भारतमा जसले दश हजार भारु कमाउँछ, उसका लागि हजार भारुको इन्टरनेट महँगो हुनसक्छ । तर शहरी क्षेत्रमा २० हजार २५ हजार कमाउँछ भने हजार रुपैयाँ सस्तो पर्छ । हाम्रो देश अनुकुल इन्टरनेट सस्तो बनाउन महिनाको छ/सात सय रुपैयाँमा झार्नुपर्छ । त्यो भनेको ब्रोडब्याण्ड वायरलेसले हुन्छ । फोरजी, एलइडि प्रविधि छन्, त्यो आएपछि मात्रै इन्टरनेट सस्तो बनाउन सकिन्छ ।
 
तपाईंलाई आजका दिनमा ल फोरजी प्रविधिमा जाउँ, वल्र्ड लिंकलाई अपग्रेड गरौं भन्यो भने त्यहाँ पुग्न तपाईंसँग पुँजी, प्रविधि, म्यानपावर र स्रोत तयार छ ?
म्यानपावर र स्रोत त तयार हुन सक्छ । स्पाइस नेपालसँग के थियो ? एनटिसिको पनि त बाहिरबाट आएर बनाईदिएको हो नेटवर्क । आजको दिनमा जसले इक्विपमेन्ट बेच्छ, त्यही कम्पनीले आएर नेटवर्क बनाईदिने हो ।

रिलायन्स, एयरटेलले त्यही गरिरहेको छ होइन् ?
रिलायन्सले प्यान इण्डियाका लागि फोरजी लाइसेन्स लिएको छ, एयरटेलको विभिन्न सर्कलमा छ ।

भनेपछि हामीले त्यस्तो सेवा सुरु गर्यौं भने सस्तोमा इन्टनेट दिन सक्छौं ?
हो हामीले त्यसपछि सस्तो इन्टरनेट दिन सक्छौं ।

त्यसका लागि तपाईंको पहल के भैरहेको छ ?
धेरै लबिङ गरेपछि हामीले चार वर्ष अगाडि सरकारलाई कन्भिन्स गर्यौं । हामीलाई तपाईंहरु एउटा लाइसेन्स प्रदान गर्नुहोस् । हामीलाई भनेपछि इन्टरनेट सेवा प्रदायकलाई, त्यो पनि प्रतिस्पर्धाबाट दिनुस भन्यौं, अक्सन गरेर । हामीले भनेको सरकारले मान्यो । सरकारले २.३ फ्रिक्वेन्सी ब्याण्डमा । २३ सयदेखि २४ सयको बीचमा फ्रिक्वेन्सी छ, त्यसको हामीले तीन भाग लगायौं । एउटा भाग आइएसपीलाई, एउटा भ्वाइस अपरेटरलाई र अर्को एनटिसीलाई । मन्त्रालय अन्र्तगत फ्रिक्वेन्सी व्यवस्थापन समिति छ त्यसले फ्रिक्वेन्सी बाँडे पनि अहिलेसम्म हामीहरुका लागि अक्सन निकालिएको छैन् ।
हामी कहाँ यसै पनि ढिला काम हुन्छ, त्यो फ्रिक्वेन्सि बाँढिए पछि पनि धेरै सरकार आए, मन्त्री आए तर कसैले यो कुरालाई अगाडि सार्न सकेको छैन् । यसको प्रमुख कारण के हो भने मानिसहरु फ्रिक्वेन्सीदेखि डराउँछन् । पछि विवादमा परिएला भन्छन् । राजनीतिज्ञ मात्रै होइन कर्मचारी पनि यसमा हातै नहालौं भन्ने धारणा बनाउन्छन् । तर त्यही बेला उनीहरुले एनटिसीलाई छुट्टाएको स्लट दिए ।
त्यही अन्तर्गत एनटिसीले वाइम्याक्स ल्यायो । त्यसको हालत अहिले कस्तो छ, उसैलाई सोध्नुहोस् । त्यसको ग्राहक कति बनाए, के गरे ? एनटिसी सरकारको आफ्नै कम्पनी भएकाले लबी गरेर सुविधा लिन्छ । उनीहरु भन्छन्, हरेक गाविसमा इन्टरनेट पुर्याइदिन्छौं । पर्याएका छन् कि छैनन्, त्यो उनीहरुलाई नै थाहा होला । म पनि गफ दिन सक्छु, कि नेपाल भर मेरो सेवा छ । तर प्रयोगकर्ता कति छन् त्यो महत्वपूर्ण हो । तपाईं नेटवर्क बनाउने तर प्रयोगकर्ता छैन भने त्यसको के अर्थ । लक्ष्य त के हुनुपर्यो भने प्रयोगकर्ता बढ्नु पर्यो । ब्रोडव्याण्डको रिच बढ्नु पर्यो । प्रयोगकर्ता बढेको छैन भने त पैसा खेर गयो । एनटिसीसँग खातामा पैसा थियो लगानी गर्यो तर त्यसबाट देश र जनताले केही पाएनन् ।
हाम्रो भनाइ के हो भने, एनटिसिलाई तपाईं त्यत्तिकै सेवा दिनुहुन्छ हामीलाई किन दिनुहुन्न ? अक्सन गर्न छ भने अक्सन गर्नुस, अक्सनलाई किन रोक्नु भएको हो ? अक्सन गरेपछि एउटा आईएसपिले त पाउँछ नि । वर्ल्ड लिंकले पाउला मर्कन्टाइलले पाउला, सुविसु, भायानेटले पाउला । जसले पाउँछ उसको त व्यापार नै त्यही हो । उ त्यसै त बस्दैन्, उसले त प्रयोगकर्ता बढाउनै पर्छ, नत्र भए आफ्नो लगानी कसरी रिकभर गर्ने ? हामीले यसमा धेरै नै प्रेसर गरेका छौं । मलाई लाग्छ एनटिएले काम पनि गर्दै छ र छिट्टै नै यो काम सक्छ होला ।

टेलिकम कम्पनी ठूला भए, आईएसपि छरिए, अर्थात जहाँ आवाज पुर्याउन पर्ने हो त्यहाँ ठूलो आवाज पुर्याउन सकेनन्, त्यसैले तपाईंहरु पछि पर्नु भयो ?
आइएसपी कम्पनीहरु छरिएका छन्, टेलिकम कम्पनी ठुला भए भन्दैमा आइएसपीलाई छुट्याइसकेको लाइसेन्स हो, त्यो त नदिने भन्न मिल्दैन । त्यो त दिनै पर्छ । एनटिएको स्थापनाकालदेखि अहिलेसम्म सरकारले आइएसपीलाई कुनै पनि नयाँ सेवा सुरु गर्ने लाइसेन्स दिएको छैन्, कुनै पनि प्रविधि हस्तान्त्रण गरेको छैन् । थ्रीजी पनि डेटा हो, मोवाइल अप्रेटरलाई दियो । आईएसपिलाई बल्ल एउटा सेवा दिन लागेको छ, त्यो त दिनुपर्यो नि । त्यो नदिएर हामीलाई मात्रै क्षति भएको छैन्, देशलाई पनि क्षती भैरहेको छ । त्यो स्पेक्ट्रम त हाइड्रोलाई दिए जस्तो भयो । जबसम्म हाइड्रोमा प्लान्ट बनेर विजुली निस्किंदैन्, त्यो त खेर गयो । त्यसै गरै फ्रिक्वेन्सी बसिरहेको छ । राष्ट्रको सम्पति हो, ल नेटवर्क बनाउ, जनतालाई बाँड, तिमी पनि पैसा कमाउ, राष्ट्रलाई पनि सेवा गर, सरकारलाई पनि राजस्व तिर भनेपछि त पुगिहाल्यो नि ।

हाम्रो देशमा प्रतिव्यक्ति आय निकै कम छ । भारतमा जसले दश हजार भारु कमाउँछ, उसका लागि हजार भारुको इन्टरनेट महँगो हुनसक्छ । तर शहरी क्षेत्रमा २० हजार २५ हजार कमाउँछ भने हजार रुपैयाँ सस्तो पर्छ । हाम्रो देश अनुकुल इन्टरनेट सस्तो बनाउन महिनाको छ/सात सय रुपैयाँमा झार्नुपर्छ । त्यो भनेको ब्रोडब्याण्ड वायरलेसले हुन्छ । फोरजी, एलइडि प्रविधि छन्, त्यो आएपछि मात्रै इन्टरनेट सस्तो बनाउन सकिन्छ ।

 

वर्ल्ड  लिंकले फ्रन्चाइजी मार्फत जिल्ला जिल्लामा सेवा विस्तार गरिरहेको छ । तर राजधानीमै रिंगरोड बाहिर कसैले इन्टरनेट चाह्यो भने एडिएसएल सेवाका लागि चार/छ महिनादेखि वेटिङमा बस्नु पर्यो । निजी सेवाप्रदायकबाट लिउँ भन्यो भने, सेवा नै छैन्, मार्केट त रिंगरोड बाहिर पनि विस्तार भएन गाउँको के कुरा ?
हाम्रो विजनेश फोकस अहिले रिङरोड बाहिर छ । हामीले के रियलाइज गर्यौं भने, रिङरोड भित्र ग्राहकलाई धेरै अपसन छन् तर बाहिर त्यो स्थिति छैन् । चार/पाँच वर्ष अगाडिभन्दा आजको दिनमा रिङरोड बाहिर जहाँ गए पनि घरै घर देखिन्छ । हामीले पनि के सोच्यौ भने नेटवर्क विस्तार अब रिंगरोड बाहिर गरौं । रिङरोड बाहिर सेवा प्रदायक पनि कम छन्, ग्राहक धेरै छन्, उनीहरु पीडित छन् । हाम्रै ग्राहक पनि पीडित छन् । रिंगरोड बाहिर  वायरलेस सेवा दिइरहेका छौं । त्यसका लागि एउटा फ्रिक्वेन्सी छ । त्यो फ्रिक्वेन्सी लाइसेन्सविहिन भएकोले आज मैले प्रयोग गर्दै छु, भोली अर्कोले पनि गरिदिन्छ, पर्सि तेस्रोले पनि गरिदिन्छ । विस्तारै विस्तारै त्यो वायरलेसले कामै गर्दैन् । ग्राहकको सेवा विग्रिएर जान्छ ।
लाइसेन्स विना ताररहित इन्टरनेट बाँढ्नु भनेको सेवा नदिए बराबरै हो । त्यसमा हामी गुणस्तरको कुनै पनि कमिटमेन्ट गर्न सकिंदैन् । ग्राहकले के भन्छ भने सुरुमा त राम्रो काम गर्दथ्यो, दिलिपजी अब त यस्तो विग्रिसक्यो । हामीले बुझाउनुपर्छ, तर ग्राहक त्यो सुन्न चाहँदैन् । उसले त सेवा खोज्ने हो ।
त्यसैले हामीले अहिले रिंगरोड बाहिर सेवा विस्तार गरिरहेका छौं । हामीले पहिलो चरणमा कोटेश्वरदेखि भक्तपुरसम्म, बलम्बु बालाजु सेवा विस्तार गरेका छौं । विस्तारै धापासीको ग्राण्डी अस्पताल हुँदै, कलंकी तिर सेवा विस्तार गरिरहेका छौं ।

अब त्यहाँका स्थानीयवासिन्दाले हामीलाई वल्र्ड लिंकको फाइबर इन्टरनेट चाहियो भने त्यो उपलब्ध हुन्छ ?
हो, अबदेखि त्यहाँ बस्नेले वर्ल्ड लिंकको फइबर इन्टरनेट पाउँछन् । फेरि हेर्नुस हामीले रेट पनि यति एग्रेसिभ राखेका छौं, ९९९ मा उपभोक्ताले फाइबर इन्टरनेट पाउँछ । हामीले अहिले के गर्न खोजेका छौं भने, नेटवर्क हालौं, ग्राहक बनाउँ र ग्राहकलाई विश्वस्तरीय सेवा दिउँ । विश्वस्तरीय सेवा दिनका लागि त्यसमा दुइ वटा तत्व छन् । एउटा हामीले तपाईंको घरसम्म कुन प्रविधिले सेवा पुर्याइरहेका छौं । आजका दिनमा फाइवरभन्दा राम्रो प्रविधि विश्वमै छैन । अर्को कुरा हाम्रो नेटवर्कको स्थायित्व हो । हामीले त्यसमा पनि धेरै लगानी गरेर मजबुत बनाएका छौं । मुख्य गरी डर लाग्ने लोडसेडिङबाटै हो । यो वर्ष पनि लोडसेडिङ बढ्ने हल्ला चलिसकेको छ । हामीले अहिलेदेखि नै त्यसका लागि काम सुरु गरिरहेका छौं ।
तेस्रो कुरा हाम्रो नेटवर्ककबाट अन्तर्राष्ट्रिय केनेक्सन हो । हाम्रो देशको सबै टेलिकम्युनिकेशन आजका दिनमा भारतको उत्तरप्रदेश र बिहार भएर जान्छ । त्यहाँ कहिले बाढी आउँछ, बाढी भन्दा पनि त्यहाँ विकासको काम यति धेरै भइरहेको छ । सडक विस्तार हुँदा तार काटिन्छ । यसबाट हामी मात्रै होइन्, सबै सेवा प्रदायक ग्रसित छन् । त्यहाँ पनि हामीले अहिले स्ट्रेन्थेन गरेका छौं । हामीले अन्तर्राष्ट्रिय मार्केटबाट जुन ब्याण्डविथ किन्छौं त्यहाँ पनि हामीले धेरै अपग्रेड गरेका छौं । हामी फइबरबाट इन्ड टु इण्ड एउटा राम्रो नेटवर्क तयार गरेर ग्राहकलाई विश्वस्तरीय सेवा दिन चाहिरहेका छौं ।
विगत छ/सात महिनादेखि हाम्रो जुन प्रयास छ, त्यसबाट हामीले धेरै राम्रो फिडव्याक पनि पाएका छौ । हाम्रो सेवाबाट ग्राहक सन्तुष्ट पनि छन् र राम्रो प्रतिक्रिया पनि पाइरहेका छौं । हामीले जुन दश एमबिपिएस २५ एमबिपिएस सेवा दिइरहेका छौं, त्यो सेवा तपाईंले भारतमा पनि पाउन गाह्रो छ । अहिले ५० एमबिपिएस गतीको इन्टरनेट पनि परीक्षण गरिरहेका छौं । त्यो पनि हामी छिट्टै ग्राहकलाई दिन्छौं ।
अहिले च्यालेन्ज के छ भने, ग्राहकले धेरै पैसा तिर्न सक्दैनन् । फाइबरमा हामीले धेरै सस्तोमा इन्टरनेट दिइरहेका छौं । त्यसमा पनि जडान खर्च पनि निकै सस्तो राखेका छौं । तीन हजार जति जडान खर्च छ, त्यसमा राउटर पनि आउँछ ।

यो त भयो रिङरोड बाहिर सेवा विस्तारको योजना देशभरी कसरी विस्तार हुन्छ सेवा ?
देशभरी जति पनि नगरपालिका छन्, ती सबैमा हाम्रो सेवा पुगिसकेको छ । सबै नगरपालिकामा ताररहित सेवा दिएका छौं । त्यहाँ पनि हामी फाइबर हाल्ने योजनामा छौं । नगरपालिका बाहिर जानु पर्यो भने त्यहाँ फाइबर/केवल हालेर साध्य छैन् । न ग्राहकले महँगो सेवा लिन सक्छ, न हामी सस्तोमा दिन सक्छौं ।  त्यसका लागि चाहिने एलटिई/फोरजी सेवा चाहिन्छ । लाइसेन्स वाला ताररहित सेवा दिनुपर्दछ । त्यसको अर्को विकल्प छैन ।

तपाईंहरु जहिले पनि भन्ने कुरा के हो भने पूर्वाधार सेयर गरौं, तर टेलिकम कम्पनीले बनाएको पूर्वाधार तपाईंसँग किन सेयर गर्ने ?
इन्फ्रास्ट्रक्चर सेयरको कुरा मन्त्रालयबाट पास भइसकेको छ । त्यसका लागि एउटा कमिटि बन्नुपर्ने थियो, त्यो बन्यो बनेको छैन्, मलाई थाहा छैन । हाम्रो देशमा, दुरसञ्चारको क्षेत्रमा, त्यो दुर्भाग्यको विषय पनि हो । टेलिकमलाई पनि भन्दिन्, एउटा कम्पनी यति विशाल भइसकेको छ कि उसको अगाडि कोही पनि टिक्न सक्दैन । र त्यो सँगै नेपालमा एनटिएलाई गरिदिए पछि हाम्रोमा डुओपोली भयो । उनीहरुको हितको कुरा भएन भने, उनीहरुको इच्छाको कुरा भएन भने एनटिएले पनि काम गर्दैन्, मन्त्रालयले पनि काम गर्दैन् ।
पूर्वाधार सेयर गर्ने कुरा उनीहरुको इन्ट्रेस्टको विषय होइन किनभने उनीहरुले जति चाहिन्छ, त्यो बनाइसकेका छन् । पहिले स्मार्टलाई पूर्वाधार सेयरमा धेरै चासो थियो, लविङ गर्यो,  धेरै गुहार्यो तर उनीहरुले त्यो पाएनन् । त्यसपछि उसले आफ्नै पूर्वाधार बनायो । अब उसले आफै बनाएपछि पूर्वाधार सेयर उसको चासोको विषय रहेन् । हामी भोलि एलटिएमा गयौं भने हामीलाई उसको पूर्वाधारमा एक्सेस दिन आवश्यक छैन् । भनेपछि उसले अब त्यसका लागि लवि पनि गर्दैन् । हुन पनि दिंदैन् । जबसम्म देशमा त्यस्तो सरकार, त्यस्तो मन्त्री नआएसम्म केही हुँदैन्, जसले  केही गर्छु भन्छ र काम पनि गर्छ ।

काठमाडौंमा अहिले जसलाई पनि चाहिएको छ, सफा शहर तर जता हेर्यो त्यतै तार झुण्डिएको छ, सँगसँगै सडक विस्तार पनि भइरहेको छ, त्यसले फाइबर काटिन्छ, केवल काटिन्छ, सेवामा निरन्तरता र सफा शहर यो म्यानेज कसरी हुन्छ  ?
यसमा मैले के भन्ने गरेको छु भने, पोलमा तार हाल्ने अनुमति सबैले पाउनुभएन । आजको दिनमा अनुमति लिएर पनि नलिएर पनि पोलमा जसले चाह्यो उसले तार हालिरहेको छ । त्यसले गर्दा के भएको छ भने मान्छेले आइएसपी रजिष्टर गर्छ, भोली तार हाल्छ र सेवा दिन थाल्छ । सयवटा तार भएको ठाउँमा एउटा तार हाल्दा के बिग्रियो र भनिन्छ । जबकी हामी शुल्क तिर्छौं, तारको ट्यागिङ पनि गर्छौं  र पोल डिक्लेयर पनि गर्छौं । हाम्रो व्यापार ठूलो छ, त्यसैले हामीले जोखिम लिन मिल्दैन् । यसको समाधान के छ भने सरकारले दुईवटा कम्पनीलाई मात्रै पोलमा तार हाल्ने अनुमति दिनुपर्यो ।

यसको अर्थ आइएसपि धेरै भए ?
आईएसपि धेरै भए मैले भनेको होइन्, भोली आइएसपि दर्ता गर्नुस तपाईं पनि आफ्नो केवल हाल्नुहोस् । तर यो तीन वटालाई मात्रै तार हाल्ने अनुमति दिने हो भने, नयाँ आइएसपी आउँदा तार हाल्न तिर लाग्दैन । ऊ पहिले नै तार हालेकोसँग सहकार्य गर्न जान्छ । जसले तार हालेको छ उसँग सेवा माग्छ । विदेशतिर यस्तै हुन्छ । पूर्वाधार विकास गर्ने कम्पनी धेरै हुँदैन किनकी यो महँगो हुन्छ । उसले तार वा सेवाका लागि एरिया भाडामा पनि लिन सक्छ । उसले तार हाल्देउ भन्छ र केही पैसा पनि दिन्छ । यसो भयो भने भोलि जसले काम गर्दैनन् उनीहरुलाई कारबाही गर्न पनि सजिलो हुन्छ ।

नेपालमा पनि आईएसपि धेरै भएका होइनन् ?
नेपालमा अब आइएसपी कम्पनीहरु घट्ने क्रममा गइरहेका छन् । विजनेश घट्दै गइरहेको छ । सडक विस्तार हुँदा तार काटिन्छ, ग्राहकले कराउँछन् । एनटिसीले तार हालेपछि मात्रै हामीलाई दिन्छ । अन्डरग्राउण्ड तार हाले पनि ग्राहकको घरमा पुर्‍याउन त तार नै चाहिन्छ, त्यसका लागि पोलमै हाल्नुपर्छ । त्यसैले मैले अघि पनि भनें, हामीसँग जति यो अनुभव अरु कसैसँग पनि छैन । उनीहरुलाई हामीसँग प्रतिस्पर्धा गर्न पनि निकै गाह्रो छ ।

पछिल्लो चरणमा सेवा सुध्रिएको छ तर केही अघिसम्म त तपाईंहरुको सेवा निकै विग्रेको थियो, त्यतिवेला तपाईको केन्द्रमा वर्ल्ड लिंक थिएन कि क्यो हो ?
हाम्रो सर्भिस सुध्रिएको डेढ वर्ष भयो । काठमाडौंमा केवल नेटवर्क हालेको १० वर्ष भइसक्यो । एनटिसिले एडिएसएल ल्याउनु भन्दा पहिलेदेखि नै हामीले केवलबाट सेवा दिइरहेका थियौं । हामीले एनटिसीलाई धेरै गुहार्‍यौं, तिमी त एडिएसएल सुरु गर्दैनौं, विदेशमा जस्तै तिमी हामीलाई कपर लिज गर ।
विदेशतिर तारको स्वामित्व भएको कम्पनी प्रायले एडिएसएलको इक्विपमेन्ट हालेर पोर्ट लिजआउट गर्छ । उनले प्रत्यक्ष रुपमा इन्टरनेट बाँढ्दैन् । किन भने, त्यसमा उसलाई एक्सपर्टिज हुँदैन । उसले आईएसपिलाई के भन्छ, तिमीलाई दश हजार पोर्ट चाहिने हो ? पर पोर्ट मलाई यति रकम देउ ।
तर एनटिसीले त्यो गर्न मानेन । एनटिएले निजी सेवा प्रदायकलाई सेवा दिन  निर्देशन दिँदा पनि उसले मानेन । एनटिएले नमानेपछि हामीले त्यस अघि नै केवल इन्टरनेट हाल्यौं । किनभने हामीलाई लागि सकेको थियो, ग्राहकलाई डाइलपभन्दा बढी दिनुपर्यो । सो हामीले जोगाडु प्रविधि सुरु गर्यौं । त्यतिबेला हामीले केवल टेलिभिजनसँग पनि साझेदारी गर्न खोज्यौं । तर उनीहरुको दादागिरी थियो ।
उनीहरुलाई केवलबाट यति धेरै पैसा कमाएका थिए, इन्टरनेट सोचेका थिएनन् । एउटा सुविसुको मात्रै सोंच थियो, मैले सुविसुसँग कुरा पनि गरें तर उनीहरुले केवल लिजआउट गर्न मानेनन् । किनकि सुविसु आफै इन्टरनेट सेवा सञ्चालन गर्न इच्छुक थियो । मैले उनीहरुलाई भनें पनि लेट्स ज्वाइन ह्याण्ड । तर उनीहरुले मानेनन् ।
त्यसपछि बाध्य भएर हामीले जुगाडु प्रविधिमा इन्टरनेट बाँड्न थाल्यौं । यो प्रविधि मैले भारतमा सिकेर आएको कुरा यहाँ लागु गरेको हो । यसमा के हुन्छ भने, पोल पोलमा बक्समा इन्टरनेट स्वीच राख्छौं र त्यो इन्टरनेट स्वीचबाट हामी ग्राहकलाई इन्टरनेट सेवा दिन्छौं । त्यो हिट भयो र धेरै खुशी भए । त्यसपछि एडिएसएल आयो । एडिएसएल आएपछि हामीलाई समस्या के पर्‍यो भने, हामी चाँही त्यतिबेला इन्टरनेट सेवा भारतबाट ल्याउन चाहिरहेका थियौं । त्योभन्दा पहिले स्याटेलाइटबाट आउँथ्यो, धेरै महँगो थियो । हामी भारतबाट आयात गर्न खोज्दै थियौं तर भारत र नेपालको एउटा सन्धिले गर्दा निजी कम्पनीलाई दिएन, सरकारी कर्मचारी भएकाले टेलिकमलाई मात्रै दियो । त्यसपछि उसको सेवा सस्तो भयो हामीले प्रस्पिर्धा नै गर्न नसक्ने भयौं ।
हामीले क्वालिटीमा पनि एनटिसीसँग प्रतिस्पर्धा गर्न नसक्ने भयौं । त्यतिबेला उसले भारतबाट फाइबरमा ब्यान्डविथ ल्याइरहेको थियो । हामीले स्याटेलाइटबाट ल्याउनु परेको थियो । ग्राहकले पनि हामीलाई छोडेर एडिएसएल लिन थाले । त्यसपछि हामीले हामीले जुन स्वीच हालेका थियौं, तिनीहरु पनि विग्रन थाले । जुगाडु प्रविधिका कारण गुणस्तर पनि खस्किन थाल्यो । त्यसपछि हामीले केवल हालेर काम छैन भनेर वाएरलेसतर्फ जाने सोच बनायौं । त्यसका लागि वाइम्याक्सको लागि चार वर्ष गुहार्दा पनि नभएपछि भएका सेवालाई नै अपग्रेड गर्ने सोच बनायौं । त्यसपछि हामीले महँगो स्विच हाल्यौं, जसले मेट्रो इथारनेट प्रविधि सपोर्ट गर्दथ्यो । त्यसपछि सेवाको गुणस्तर पनि सुध्रियो, हामी अहिले सय एमबिपिएससम्म पनि ग्राहकलाई सेवा दिन सक्छौं ।

तपाईं बीचमा सरकारसँग पनि लड्नु पर्यो ?
सरकारसँग लड्नु परेको एक वर्ष अगाडि हो । राजश्व अनुसन्धान विभागले बदमासी गर्ने नियतले एक वर्ष अगाडि हामीलाई छापा मार्यो । उनीहरुले बदमासी गर्ने नियतले नै त्यसो गरेका थिए । ६/७ वर्ष अगाडि पनि लडेका थियौं । यो विषयमा म धेरै कुरा बोल्न चाहन्न र यो विषय अहिले शान्त बन्दै गैरहेको छ । यो केश पूर्ण सेटलडाउन भइसकेको छैन ।

तपाईंले इन्टरनेटमा क्रान्ति ल्याउनुभयो, इन्टरनेटप्रति मान्छेको सोंच बदलदिनुभयो, तर पनि तपाईंमाथि अन्याय गरियो ?
हाम्रो कर्मचारीतन्त्र यति पावरफुल छ । तर धेरै जना आफ्नो अधिकारको प्रयोग गर्दैनन्, वा उनीहरु आफ्नो अधिकारको प्रयोग गर्न डराउँछन् । जो आफ्नो अधिकार प्रयोग गर्न डराउँदैन्, उसले त्यसलाई सदुपयोग गर्दैन्, दुरुपयोग गर्नका लागि त्यहाँ थुप्रै खाली ठाउँ छाडिएको छ । भएको त्यही हो । भाग्यवश हामी त्यो कुराबाट बाहिर निस्कँदै गैरहेका छौं । दुनियाँले बुझिसकेका छन्, हाम्रो ठूलो गल्ती केही छैन् । हामीलाई बदमाशीको नियतले नै त्यसो गरिएको हो, पछि आएर त्यसको सत्य तथ्य खुल्छ, खुल्छ ।