टेलिटकले ल्यायो कलर्स मोवाइलका तीन बारफोन बजारमा, मुल्य १५ सयदेखि २२ सय रुपैयाँसम्म

बिजमाण्डू
२०७१ असोज ५ गते ००:०० | Sep 21, 2014
टेलिटकले ल्यायो कलर्स मोवाइलका तीन बारफोन बजारमा, मुल्य १५ सयदेखि २२ सय रुपैयाँसम्म

काठमाडौं। कलर्स मोवाइलले तीन किसिमका मोवाइल सेट नेपाली बजारमा ल्याएको छ। कलर्सलेे एफओ १२, एफ १४ एन र एफ ८ एन गरी तीन मोवाइल सेट नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

 नयाँ मोवाइल फोनमा लामो समयसम्म ब्याटि्र टिक्ने र यसले धेरै फिचर चलाउन खोज्ने ग्राहकलाई सजिलो बनाउने कलर्सको दावी छ।

एफओ १२ मोवाइलमा दुई इन्चको टिएफटि स्त्रि्कन रहेको छ। यस्तै एफ ८ एनमा भने १.७७ इन्चको र एफ १४ एनमा २.४ इन्चको एलसिडी स्त्रि्कन रहेकोे कम्पनीले जनाएको छ। सबै सेटमा क्यामेरालगायत एमपिथ्री र एमपिफोरको पनि व्यवस्था रहेको कम्पनीको भनाइ छ।

एफओ १२ सेटमा वायरलेस एफएम प्लेयर र टर्चको सुविधा छ भने यसलाई एकहजार मेगाहर्जको ब्याटि्रले सपोर्ट गर्दछ। त्यस्तै दुईवटा सिम कार्ड लगाउन मिल्ने एफ ८ एन मोडलको सेटमा वायरलेस एफएम र जिपीआरएस सिस्टम रहेको छ।

यस्तै एफ १४ एन मोडलको सेटमा पनि दुईवटा सिम कार्ड लगाउन मिल्नेछ भने १४०० मेगाहर्जको शक्तिशाली ब्याटि्र भएको यो सेटमा जिपीआरएस र एफएम सेटसमेत रहेको कम्पनीले जनाएको छ। कम्पनीले तीनैवटा सेट बलियो रहेको दावी गरेको छ।

एफओ १२ मोडलको मोवाइलको बजार मूल्य एकहजार सात सय २५ रुपैयाँ तोकिएको छ । यस्तै एफ ८ एनको मूल्य एकहजार पाँच सय ९९ रुपैयाँ र एफ १४ एनको मूल्य दुईहजार एकसय ७५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ। नेपालमा यो मोवाइल टेलिटक प्रालिले बजारमा ल्याएको हो।