यामाहाको स्कुटर महामेला सोमबारदेखि, जुनसुकै ब्रान्डका मोटरसाइकलसँग पनि स्कुटर साटिने

बिजमाण्डू
२०७१ असोज ५ गते ००:०० | Sep 21, 2014
यामाहाको स्कुटर महामेला सोमबारदेखि, जुनसुकै ब्रान्डका मोटरसाइकलसँग पनि स्कुटर साटिने


काठमाडौं। यामाहा मोटर्सको आधिकारिक विक्रेता एमएडब्लुले यामाहा स्कुटर महामेला गर्ने भएको छ। सोमबारदेखि तीन दिनसम्म चल्ने मेलामा जुनसुकै ब्राण्डका पुराना स्कुटर तथा मोटरसाइकल ल्याएर नयाँ स्कुटर लैजान सक्ने कम्पनीले जनाएको छ।

मेलामा यामाहाका तीन मोडलका स्कुटर उपभोक्ताले साट्न सक्नेछन्। यामाहाकै विभिन्न मोटरसाइकल तथा स्कुटर र अन्य कम्पनीका मोटरसाइकल तथा स्कुटर ल्याएर यामाहाको रे, रे जेड तथा अल्फा स्कुटर लैजान सक्ने यामाहाका विक्री प्रबन्धक दीपक रौनियारले बताए।

Tata
GBIME
Nepal Life

गत वर्षबाट सुरु भएको यामाहाको स्कुटर महामेला राजधानीमा चल्नेछ। यसपटकको महामेलामा १७ वटा फाइनान्स, १० वटा डिलर तथा ५४ वटा रिकन्डिशन हाउसको सहभागिता रहने रौनियारले जानकारी दिए।

यस्तै यसपटकको महामेलामा ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिइने तथा अरु उपहारहरु पनि राखिएको उनले बताए। यस्तै यामाहाले यस अघि बुटवल र इटहरीमा पनि यस्तै मेला आयोजना गरेको थियो।