पोखराकी भीमकुमारी नेपालीले जितिन डिसहोमको १० तोला सुन, भक्तपुरका हायुलाई पनि हस्तान्तरण

बिजमाण्डू
२०७१ असोज ५ गते ००:०० | Sep 21, 2014
पोखराकी भीमकुमारी नेपालीले जितिन डिसहोमको १० तोला सुन, भक्तपुरका हायुलाई पनि हस्तान्तरण

काठमाडौं। डिस होमले आफ्ना ग्राहकका सुरु गरेका स्वर्ण उत्सव योजना अन्तर्गत असोज २ गते भएको लक्की ड्रमार्फत पोखराकी भीमकुमारी नेपाली विजयी भएकी छन्। उनले १० तोला सुन प्राप्त गर्ने डिस होमले जनाएको छ। उनलाई केही समयपछि काठमाडौं बोलाएर सुन हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

यसअघि भदौ २६ गतेको लक्की ड्रमार्फत १० तोला सुन जितेका भक्तपुर लोकन्थलीका नरहति हायुलाई भने कम्पनीले सुन हस्तान्तरण गरिसकेकोे छ। हायुलाई डिस होमका प्रबन्ध निर्देशक सुमन पोखरेल, मार्केटिङका नायव महाप्रबन्धक कल्याण अधिकारी र ब्राण्ड मार्केटिङका सहायक प्रबन्धक मनोज न्योैेपानेले संयुक्त रुपमा १० तोल सुन हस्तान्तरण गरे।

Tata
GBIME
Nepal Life

यो योजना अन्तर्गत ग्राहकलाई दुईवटा पुरस्कार दिइने कम्पनीले जनाएको छ। पहिलो पुरस्कार ९ भदौदेखि कात्तिक अन्तिम हप्तासम्म डिसहोमको कनेक्सन लिने ग्राहकहरुलाई डिसहोमको तर्फबाट चाँदीको सिक्का प्रदान गरिनेछ। यसका साथै हरेक हप्ता हुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ।

डिसहोम नेपालको एक मात्र डिजिटल सिग्नल प्रदायक कम्पनी हो । देशभरि गरेर कम्पनीको आठसय डिलर र दुईहजार सव डिलरहरु रहेका छन् ।