बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता, बेस्टबाट आएको पैसा सिद्धार्थबाट भुक्तानी

बिजमाण्डू
२०७१ असोज ५ गते ००:०० | Sep 21, 2014

काठमाडौं। सिद्धार्थ बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ। यो सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत सुन्दरप्रसाद कँडेल र बेष्ट रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत अनिलकुमार कर्णले हस्ताक्षर गरे। सम्झौतासँगै अब विश्वका विभिन्न देशबाट बेष्ट रेमिटमार्फत आएको रेमिट्यान्स सिद्धार्थ बैंकका ४७ वटा शाखाबाट भुक्तानी लिन सकिने छ।

Tata
GBIME
Nepal Life

सम्झौतापछि बेष्ट रेमिटका प्रमुख संचालन अधिकृत कर्णले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुर्‍याउन सिद्धार्थ बैंकसँगको सम्झौताले थप सहज बनाउने बताए।

गैरआवासीय नेपालीहरुद्वारा प्रवर्द्धित बेष्ट रेमिटले विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउन आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै निजी कम्पनीहरुसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतालाई प्राथमिकता दिँदै आएको छ। बेष्ट रेमिटले खाडी तथा अन्य देशमा रहेका बैंक तथा एक्सचेञ्ज हाउससँग पनि तीव्र रुपमा सम्झौता गरिरहेको जनाएको छ।   

सिद्धार्थ बैंकसँग भएको सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट बेस्ट रेमिट मार्फत पठाएको रकम अब बेस्ट रेमिटका २१ सय भन्दा बढी एजेण्ट, सब–एजेण्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाबाट भुक्तानी लिन सकिने बेष्ट रेमिटले जनाएको छ ।