प्रदीपकुमार श्रेष्ठ फेरी क्यासीको उपाध्यक्ष, व्यवसायिक सम्बन्ध विस्तारलाई प्राथमिकता दिने

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ पुनः कन्फेडेरेसन अफ एशिया प्यासिफिक चेम्बर एण्ड इन्डष्ट्रिज(क्यासी)को उपाध्यक्ष चयन भएका छन्।

Tata
GBIME
Nepal Life

असोज १ देखि ३ गतेसम्म मलेशियामा भएको २८औं सम्मेलनबाट श्रेष्ठ पुनः उपाध्यक्षमा निर्वाचित भएका हुन्। यो उपाध्यक्षमा उनको दोस्रो कार्यकाल हो। क्यासीको अध्यक्षमा जर्जियाका जेमाल इनाइस्भिली निर्वाचित भएका छन्।

यस संगठनमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका २८ राष्ट्रहरु सदस्य छन्। उपाध्यक्ष निर्वाचित भएपछि श्रेष्ठले सदस्य मुलुकहरुबीचको व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने बताएका छन्। आउँदा दिनमा क्यासीमा आवद्ध राष्ट्रहरुबीच उद्योग वाणिज्य क्षेत्रमा भाइचार अभिबृद्धि भई आर्थिक एवं व्यवसायिक सम्बन्ध अझ विस्तार हुने उनले बताए।