यामाहा स्कुटर महामेला सोमबारबाट सुरु, ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिइने, तीन मोडल साटिने

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
यामाहा स्कुटर महामेला सोमबारबाट सुरु, ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिइने, तीन मोडल साटिने


काठमाडौं । यामाहा मोटर्सको आधिकारिक विक्रेता एमएडब्लुले आयोजना गरेको यामाहा स्कुटर महामेला सोमबारबाट सुरु भएको छ ।

Tata
GBIME
Nepal Life

सोमबारदेखि तीन दिनसम्म चल्ने मेलामा जुनसुकै ब्राण्डका पुराना स्कुटर तथा मोटरसाइकल ल्याएर नयाँ स्कुटर लैजान सक्ने कम्पनीले जनाएको छ।

मेलामा यामाहाका तीन मोडलका स्कुटर उपभोक्ताले साट्न सक्नेछन्। यामाहाकै विभिन्न मोटरसाइकल तथा स्कुटर र अन्य कम्पनीका मोटरसाइकल तथा स्कुटर ल्याएर यामाहाको रे, रे जेड तथा अल्फा स्कुटर लैजान सक्ने यामाहाका विक्री प्रबन्धक दीपक रौनियारले बताए।

गत वर्षबाट सुरु भएको यामाहाको स्कुटर महामेला राजधानीमा चल्नेछ।

महामेलामा १७ वटा फाइनान्स, १० वटा डिलर तथा ५४ वटा रिकन्डिशन हाउसको सहभागिता रहने रौनियारले जानकारी दिए।

यस्तै यसपटकको महामेलामा ग्राहकलाई आठ हजार रुपैयाँ नगद छुट दिइने तथा अरु उपहारहरु पनि राखिएको उनले बताए। यस्तै यामाहाले यस अघि बुटवल र इटहरीमा पनि यस्तै मेला आयोजना गरेको थियो।

यसैगरी मेलामा १३ प्रतिशत व्याजदरमा ७० प्रतिशतसम्म फाइनान्स सुविधा दिइने छ ।