सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्झौता, बैंकका शाखाबाट भुक्तानी

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
काठमाडौं । विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत  पठाएको पैसा कर्णाली डेभलपमेन्ट बैंकका शाखाहरूबाट भुक्तानी लिन सकिने भएको छ ।  सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्टबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको हो । 
सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र कर्णाली डेभलपमेन्टका तर्फबाट प्रबन्धक नारायण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ३ हजार ५ सय भन्दा बढी आधिकारिक स्थानीय ठाँउबाट सेवा पाइने छ  । 
 
आठ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको कम्पनीले जापानमा आफ्नै कार्यालयबाट सेवा दिदै आएको छ । कम्पनीले अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोड्न, इराक लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट पनि रेमिट्यान्स सेवा दिदै आएको छ । कम्पनीले देशका अधिकांश वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । 
 

Tata
GBIME
Nepal Life