हाम्रो स्टोर डट्कमको ‘फुलक्यास ब्याक अफर’ सार्वजनिक, १० हजार रकमको खरिदमा नगद वा सामान पाउने

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
काठमाडौं। अनलाइन सपिङ्ग सेवा प्रदायक हाम्रो स्टोर प्रालिले दशैंलाई लक्षित गरेर ह्याप्पी दशैं फुलक्यास ब्याक अफर सार्वजनिक गरेको छ ।  
 
योजनामा सामेल हुन हाम्रो स्टोरको वेबसाइट (www.hamerostore.com) बाट असोज ३ गते देखि १३ गतेसम्म १० हजार वा त्यो भन्दाबढी रकमको सामान खरिद गर्नुपर्ने हुन्छ । योजना अवधिमा खरिद गर्ने खरिदकर्ताहरु मध्ये चुनिने एक जना खरिदकर्ताले योजनाको अन्तिममा खरिद रकम बराबरको नगद वा त्यही रकम बराबरको सामान खरिद गर्न पाउने छन् । 
हाम्रो स्टोरले सुरु भएदेखि नै एक हजार रुपैयाँ भन्दामाथिको सामान खरिदमा काठमाडौँ उपत्यका भित्र फ्री डेलिभरी दिंदै आइरहेको छ ।  छिटै नै उपत्यका बाहिरका मुख्य मुख्य सहरमा पनि यो सुविधाको विस्तार गर्दै लाने उल्लेख गरेको छ । फेसनसम्बन्धि सामग्री, विद्युतीय ग्याजेट, किचेन वेयर र अन्य ब्रान्डेड सामाग्री किनबेचका  निम्ति एउटै गन्तव्य बत्रे हाम्रो स्टोरको दावी छ ।
 
फिजिकल स्टोरमा गएर सामान किन्दा अपनाउनु पर्ने सावधानी, समान छान्दा आइपर्ने दोधारे स्थितिको समस्या, बजार जाँदा झेल्नुपर्ने घाम, पानी, धुँवा, धुलो र ट्राफिक जामको समस्याबाट ग्राहकहरुलाई मुक्ति दिलाउने उद्देश्यले अनलाई सपिङ सेवा शुरु गरेको कम्पनीले बताएको छ । 
 

Tata
GBIME
Nepal Life