मन्त्रालय तथा बिकास साझेदारबीच सुचना आदानप्रदान सहयोगी नेपाल न्युट्रिसन पोर्टल स्थापना गरिने

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
काठमाडौं। राष्ट्रिय योजना आयोगको अन्र्तगतको पोषण तथा खाद्य सुरक्षा सचिवालयले ‘नेपाल न्युट्रिसन पोर्टल’ को स्थापना गर्ने भएको छ । मन्त्रालय र बिकास साझेदारबीच सुचना आदान प्रदानमा सहयोग पुर्याउने उदेश्यले यस्तो पोर्टलको बिकास गरिएको आयोगका सहसचिव गोपीनाथ मैनालीले जानकारी दिए । 
 
काठमाडौंमा आयोजना भएको ‘बहुक्षेत्र पोषण योजनाको प्रभावकारी कार्यान्वयन र साझेदारीको लागि जिल्ला सहयोग कार्यशाला’ बिषयक दुई दिने कार्यशालाको समापनमा उनले यस्तो बताएका हुन । कार्यशाला सरोकारवालाहरुलाई अनुभव साट्न तथा चुनौती पहिचान गरि प्रभावकारी रुपमा बहुक्षेत्र पोषण योजना लागु गर्न सहयोगी भएको बताइएको छ । कार्यशालामा जुम्ला, बारा, रसुवा लगायतका जिल्लाबाट यस क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यशालामा एक सयभन्दा बढिको सहभागिता रहेको थियो । 
 
बहुक्षेत्र पोषण योजना (मल्टि सेक्टरल न्युट्रिसन प्लान) सरकार तथा पोषण सम्बनधमा कार्यरत संस्थाहरुलाई साझेदारीको लागि थालिएको एक अभियान हो । 
 

Tata
GBIME
Nepal Life