कतार एयरवजको ए ३८० सुपर जम्बोको दाेहामा सफल अवतरण, ५१७ सिट क्षमताको नयाँ विमान

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
कतार एयरवजको ए ३८० सुपर जम्बोको  दाेहामा सफल अवतरण, ५१७ सिट क्षमताको नयाँ विमान

काठमाडौं । कतार एयरवेजले ए ३८० सुपर जम्बोको सफल अवतरण गरेको छ । कम्पनीले गएको विहीबार कतारको दोहामा नयाँ विमानको सफल अवतरण गरेको हो ।

Tata
GBIME
Nepal Life

कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खालिफा अल थानी, कतार एयरवेजका अध्यक्ष अली शरिफ अल इमादी, कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बकेरलगायतको उपस्थितिमा नयाँ विमानको सफल अवतरण गरिएको हो ।

एयरबसले बनाएको नयाँ जहाज स्थानीय समय अनुसार विहीबार बेलुकी ५ बजे दोहाको हमाद इन्टरनेशनल एयरपोर्टमा विमानको सफल अवतरण गरिएको हो । कतारका प्रधानमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन खालिफा अल थानीले नयाँ विमानको उद्घाटन गरे ।

कार्यक्रममा प्रधानमन्त्री अल बकेरले कतारको राष्ट्रिय ध्वजाबाहकका लागि यो दिन गौरवपूर्ण भएको बताए । उनले एयरवेज बलियो बन्दै गइरहेको भन्दै संसारभर यसलाई चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कतार एयरवेजले १९९७ बाट चारवट विमानबाट उडान सुरु गरेको थियो । सुरुमा कम्पनीले १४ वटा रुटमा उडान गर्ने गरेको थियो । अहिले कम्पनीले विश्वका ६ वटा महादेशका १४४ विमानस्थलमा १३७ विमानमार्फत उडान भर्दै आएको छ ।

हालै सुरुवात गरिएको ए ३८० विमान ५१७ सिट क्षमताको रहेको छ । तीन क्लास रहेको विमानको फर्स्ट क्लासमा सिट, बिजनेश क्लासमा ४८ र इकोनोमी क्लासमा ४६१ सिट रहेका छद्द् । विमानको पहिलो गन्तब्य लन्डनको हिथ्रु विमानस्थल हुनेछ ।