एनसेल एपको जानकारी सत्र सम्पन्न, २०० भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरले भाग लिए

बिजमाण्डू
२०७१ असोज ६ गते ००:०० | Sep 22, 2014
एनसेल एपको जानकारी सत्र सम्पन्न, २०० भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरले भाग लिए


काठमाण्डौं । एनसेल एप क्याम्प २०१४ मा भाग लिन उत्सुक युवाहरुलाई उक्त प्रतिस्पर्धाको बारेमा जानकारी दिन एनसेलले सोमवार ड्रिब्रिफिङ कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा दुई सय भन्दा बढी विद्यार्थी तथा इच्छुक डेभलपरहरुले भाग लिएका थिए । 
 
देशमा रहेको डिजिटल संभावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरुलाई नवीनतम व्यवसाय निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले एनसेलले आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अर्न्तर्गत मोबाइल एप्लिकेशन बनाउने प्रतिस्पर्धा ल्याएकोे हो ।
कार्यक्रममा सहभागीहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि ध्यान दिनु पर्ने कुराहरु लगायत सम्पुर्ण प्रकृयाको वारेमा जानकारी दिइएको थियो । सहभागीले पनि छनौट प्रकृया, आफूले बनाएको एप्लिकेसनको स्वामित्व कसको हुने लगायतका विषयमा जिज्ञासा राखेका थिए । एनसेलका प्रतिनिधि तथा संलग्न व्यक्तिहरुले उक्त प्रश्नहरुको जवाफ दिएका थिए । 
 
कार्यक्रममा मोवाइल एपका विज्ञहरुले सहभागीहरुलाई प्राविधिक जानकारी तथा आफ्ना व्यक्तिगत अनुभवहरु प्नि सुनाएका थिए । 
 
काठमाडौं विश्वविद्यालयमा अर्थशास्त्र विषयमा स्नातक गरिरहेका सुशान्त आचार्यले कार्यक्रमले उनलाई एनसेल एप क्याम्प २०१४ बारे पूरा जानकारी दिई स्पष्ट पारेको र चाडै नै आफ्नो समूह बनाएर प्रतिस्पर्धामा भाग लिने योजना सुनाए ।
 
त्यसैगरी काठमाडौं विश्वविद्यालयमा कम्प्युटर साइन्स तथा इन्जिनियरिंङ अध्ययन गरिरहेका चन्दन गुप्ताले एनसेलले ल्याएको यो कार्यक्रमले आफूजस्ता विद्यार्थीहरुका लागि एउटा सुनौलो अवसर दिएको र यसमा सहभागी भई समूहमा काम गर्ने कौशल तथा समुदायमा चिनिन पनि सकिने सम्भावना रहको विचार व्यक्त गरे । 
 
गुप्ताले उपभोग्य वस्तुको मूल्यबारे जानकारी दिने तथा भविष्यमा हुनसक्ने मूल्यको प्रक्षेपण गर्न सक्ने मोवाइल एप बनाउने दावी गरे । 

एनसेल य्याप क्याम्प २०१४ मोबाइल एप्लिकेशन बनाउने एक प्रतिस्पर्धात्मक कार्यक्रम हो जसअर्न्तर्गत सहभागीले पहिला विश्वव्यापी र स्थानीय एप व्यवसाय बारेे ज्ञान, एप बनाउने कौशल र यसको वरिपरि व्यवसायको निर्माण गर्नेबारे जानकारी प्राप्त गर्ने र त्यसपछि एक-अर्कासग प्रतिस्पर्धा गरि आकर्ष पुरस्कार जित्न सक्छन् ।
 
प्रतिस्पर्धा कृषि, कर्पोरेट सल्युशन, शिक्षा र पर्यटन गरि जम्मा चारवटा विधाहरुमा हुनेछ । यसमा एप डेभलपर र यस सम्वन्धि चासो राख्ने समूहले निःशुल्क भाग लिन सक्नेछन् ।
 
हरेक विषयगत विजेताले दुर्इ लाख ५० हजार नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप पाँच लाखका साथै विदेशमा हुने यस्तै खाले एप क्याम्पमा सहभागी हुने मौका पनि जित्ने छ । प्रतिस्पर्धामा भाग लिन डेभलपर समूहले २०७१ कार्तिक ११ गते दिनको १२ बजेसम्म आफ्नो समूह तथा आइडिया दर्ता गरिसक्नु पर्नेछ ।
 

Tata
GBIME
Nepal Life