पानासोनिकको मोबाइल नेपाल भित्रियो, ३५ सय देखि ३५ हजारसम्म पर्ने, सिम र रिम दुवै लाग्ने

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
पानासोनिकको मोबाइल नेपाल भित्रियो, ३५ सय देखि ३५ हजारसम्म पर्ने, सिम र रिम दुवै लाग्ने

काठमाडौं ।  नेपालको लागि कार्बन मोबाइलको आधिकारिक विक्रेता एलाइड ट्रेड लिङक इन्टरनेशनल प्रालिले जापानको बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय मोबाइल फोन – पानासोनिक मोबाइल फोन भित्र्याएको छ।
 
गत सोमबारका दिन हायत रिजेन्सी होटलमा पानासोनिकका जापानी तथा भारतीय प्रतिनिधिहरुमाझ एलाइडले पानासोनिकका १३  थरिका मोबाइल सेटहरु सार्वजनिक गरेको हो।

Tata
GBIME
Nepal Life

एलाइडले सार्वजिक गरेका सबै सेटहरुमा डुअल सिम लाग्छ भने नेपाली ग्राहकलाई लक्षित गरेर जिएसएम र सिडिएमए (सिम र रिम) दुवै लाग्ने सेट पनि भित्र्याएको छ ।

कार्यक्रममा बोल्दै एलाइड ट्रेड लिङकका व्यवस्थापन निर्देशक मनिष राजभण्डारीले संसारमा नै बहुआयामिक ख्याति पाएको जापानी मोबाइल फोन पानासोनिकलाई नेपालमा प्रस्तुत गर्न पाउँदा हामी गर्ववान्तित र उत्साहित भएको बताए । उनले भने, 'जापानीज प्रविधिलाई सधैँ विश्वासिलो, भरपर्दो, टिकाउ र उत्कृष्ट इलेक्ट्रोनिक सुविधामा दरिन्छ। हामीलाई पक्का छ, यो ब्रान्डले उत्सुक ग्राहकहरुको ध्यानाकर्षण गर्नेछ।'
 
पानासोनिक स्मार्टफोनका महाप्रबन्धक मासायुकी इनुले नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा ज्यादै खुसी भएको बताए । उनले एकवर्ष अघि मात्रै भारतमा सार्वजिनक गरिएको मोबाइलले लोकप्रियता कमाउँदै गएकोले नेपालमा पनि पानासोनिकले राम्रो बजार लिने विश्वास रहेको बताए ।
उनले भने, 'नेपाल मोबाइल फोनका लागि बढ्दै गएको बजार हो र यहाँ हरेक किसिमका मोबाइल फोनका लागि उत्तिकै स्थान छ। हामीले ग्राहकका तर्फबाट सराहना पाउँछौं ।'
 
यस्तै पानासोनिकका बिजनेस हेड इलाइडका पञ्कज रानाले नेपाली ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि र सुविधाले आकर्षित बनाउँदै आएकोले पानासोनिकले प्रविधि र मूल्य दुवैमा सुहाउँदो किसिमका मोबाइल फोनहरु प्रस्तुत गरेका बताए ।  उनले भने, 'पानासोनिकले नयाँ नयाँ विशेषता भएको सेटले नेपाली बजारमा ठूलो हिस्सा लिनेछ ।'
 
एलाइडले फिचर तथा स्मार्ट फोन गरि १३ वटा फोन सार्वजनिक गरेको छ । यी सेटहरुको मूल्य तय भइनसकेको भएपनि फिचर फोन ३५ सयदेखि छ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

यस्तै स्मार्टफोनहरु सस्तादेखि महँगासम्मका छन् । एलाइडका व्यवस्थापन निर्देशक राजभण्डारीका अनुसार स्मार्टफोनहरु १० देखि ३५ हजार रुपैयाँसम्मका छन् । उनले भने, 'हामीले सर्वसाधारणदेखि हाइप्रोफाइलका व्यक्तिलाई लक्षित गरेर फोन ल्याएका छौँ ।'

पानासोनिकले ल्‍याएका १३ मोडलका मोवाइल सेट

इजेड१८०
इजेड२४०
जिडी२१
जिडी ३१
जिडी २५ सी
टी ३१
पी ३१
पी ५१
पी ८१
टी ४१
पी ६१
इलुगा यु
इलुगा ए