मिथिला लघुवित्त बिकास बैंकले २० प्रतिशत बोनस सेयर दिने, सोमवार नै सुचना बाहिरियो, मूल्य घट्यो

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
काठमाडौं। मिथिला लघुवित्त बिकास बैंकको गत आइतवार बसेको साधारण समितिको बैठकले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव गरेको छ । बैंकको प्रस्ताव बार्षिक साधारण सभा र राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ । बैंकले नप्सेमा भने मंगलवार मात्रै लाभांशको जानकारी गराएको छ । 
 
बोनस सेयर दिएपछि बैंकको चुक्तापूँजी दुई करोड ८२ लाख रुपैयाँ पुग्ने छ । बैंकको हाल दुई करोड ३५ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । लाभांशको खबर सोमवार नै सार्वजनिक भएको थियो । सोमवार अघिका केही दिन दैनिक नौं प्रतिशतले बढिरहेको बैंकको सेयर त्यसदिन भने नौं प्रतिशतले नै घट्यो । मंगलवार दुई बजे यो समाचार तयार पार्दा पनि बैंकको मूल्य आठ प्रतिशतले घटेको छ । 
 
त्यस्तै, मंगलवार ब्रोकर नम्बर ४६ कालिका सेक्युरिटीजको पनि कारोबार रोक्का गरिएको छ । कम्पनीले कारोबार भएका सेयरको प्रमाणपत्र राफसाफको लागि बुझाउन ढिलाई गरेपछि रोक्का गरिएको छ । 
 

Tata
GBIME
Nepal Life