ग्लोवल आईएमइको शाखारहित सेवा बल्कोट र सैनामैनामा, थप स्थानमा पनि सेवा विस्तार गर्ने

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014

काठमाडौं। ग्लोबल आइएमई बैंकले अर्घाखाँची जिल्लाको बल्कोट र रुपन्देही जिल्लाको सैनामैना  नगरपालिकामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। बल्कोटको २८औं र सैनामैनाको २९औं शाखारहित सेवा केन्द्र हुन्।

Tata
GBIME
Nepal Life

अर्घाखाँचीको बल्कोटमा सुरु गरिएको सेवाको स्रोत केन्द्र बल्कोटका स्रोत ब्यक्ति दिनानाथ पराजुली र रुपन्देहीको सैनामैनामा सुरु गरिएको सेवाको स्थानीय समाजसेवी पारिश्वर ढकालले उद्घाटन गरे। सोही अवसरमा बैंकका  मुख्य प्रबन्धक सुरेन्द्र रेग्मीले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरेर सेवाको शुभारम्भ गरे।

अर्घाखाँची जिल्लामा सुरु गरिएको सेवाको लागि बिष्णु प्रसाद भुसाल तथा रुपन्देहीको सैनामैना नगरपालीकामा सञ्चालन गरिएको सेवाको लागि स्थानिय व्यवसायी कमल क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

सबै क्षेत्र र वर्गका जनता माझ सेवा पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा र शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ।