पाँचौं कारोबार दिनमा बढ्यो बजार, करिब १५ अंकले उक्लियो, २७ करोड रुपैयाँ बढीको कारोबार

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014
काठमाडौं। पाँचौं कारोबार दिनमा नेप्से परिसूचक बढ्यो । नेप्से एकै दिन १५ अंकसम्म बढ्यो । बजार बन्द हुँदा भने १४.१४ अंकले बढ्यो । लाभांश घोषणाको समयमा कम्पनीहरुको मूल्य सस्तिएपछि सेयर खरिद बढेपछि मूल्यमा सुधार भएको हो । तर ठुलो चाड दशैं नजिकिदै गर्दा लगानी अपेक्षित रुपमा बढेन र कारोबार रकम भने केही घटेको छ । कारोबार रकम २७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । 
बजारमा अबका दिन क्रमिक सुधार हुन थाल्ने तर कारोबार रकम उलेख्य नबढ्ने बजार स्रोतहरु बताउछन । बुधवारसम्म लगानी गरेर लाभांश पाउने अवसर रहेपछि ग्लोबल आइएमइको सेयर कारोबार दुई करोड ६५ लाख रुपैयाँको भएको छ । बैंकको सेयर मूल्य भने १० रुपैयाँले बढेको छ । बैंकको साउन सात गते भने मूल्य सात सय ५३ सम्म पुगेको थियो । कृषि बिकास बैंकको रणनीतिक साझेदारको खबरले सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढेको छ । बैंकको सेयर मूल्य पाँच सय नौं पुगेको छ ।
 

Tata
GBIME
Nepal Life
बैंकिङ समूहको परिसूचक मात्रै करिब १९ अंकले बढ्यो । कृषि बिकास बैंक, जनता बिकास बैंक, लुम्बिनी बैंक, सिटिजन्स बैंक, सानिमा, नेपाल बैंक, सेञ्चुरी कमर्सियल, सिभिल बैंक, प्राइम कमर्सियल, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक लगायतको मूल्य बढेको छ । 
 
बोनस सेयर समायोजनले १६ प्रतिशत मूल्य घटेको चिलिमे जलविद्युत्को थप साढे दुई प्रतिशतले मूल्य घटेको छ । रिडी हाइड्रो, बुटवल पावर, नेशनल हाइड्रोको सेयर मूल्य बढेपनि चिलिमेको कारण जलविद्युत् समूहको परिसूचक ३६ अंकले घट्यो । 
 
शिखर, सूर्या लाइफ, सिद्धार्थ, प्राइम लाइफ, नेशनल लाइफ, नेपाल लाइफ लगायतका कम्पनीहरुको सेयर मूल्य बढेपछि बीमा समूहको परिसूचकमा समेत सुधार भयो । मूल्य बढेका कम्पनीहरुको पनि धेरै अन्तरले मूल्यमा सुधार भएको छैन । यसले अहिले लगानी गर्नेलाई फाइदा भएको छ । अहिले लगानी गर्नेले केही बढि रकम हाले पनि यसअघि मूल्य उचाईमा पुगेको तुलनामा सस्तो दरमा नै सेयर पाएका छन । ती लगानीकर्तालाई लाभांश घोषणा गरिरहेका कम्पनीहरुको सेयर सस्तो मूल्यमा पाउदा दोहोरो फाइदा भएको छ ।