म्याग्दीको हिस्तानमा जीप दुर्घटना हुदाँ ११ जनाको ज्यान गयाे, राम्चेबाट बेनी जाँदै थियो जीप

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014

म्याग्दी : म्याग्दीको हिस्तान गाविस स्थित रिमा भन्ने स्थानमा जीप दुर्घटना हुदाँ ११ जनाको ज्यान गएको छ। म्याग्दीको राम्चे भन्ने स्थानबाट सदरमुकाम बेनी तर्फ जाँदै गरेको ग १ ज ४३२६ नंम्बरको जीप रिमा भन्ने ठाउँमा दुर्घटना भएको खबर प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले जानकारी दिएकाे पहिलाेपोस्ट अनलाइनले लेखेको छ।

Tata
GBIME
Nepal Life

घटनास्थलमा अझैसम्म प्रहरी नपुगेको भण्डारीले बताए। स्थानीयलाई उदृत गर्दै भण्डारीले जीपमा रहेका १३ जना मध्ये ११ जनाको शव निकालिएको र दुई जना अझै भीरमा अल्झिरहेको अवस्थामा रहेको  प्रारम्भिक खबर प्राप्त भएको बताए।

घटना दिउँसो एक बजेको समयको भएपनि ढिलो गरि खबर प्राप्त भएकाले प्रहरी घटनास्थलमा पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। घटनास्थल भन्दा प्रहरी चौकी तीन घण्टाको पैदल दुरीमा रहेकोले पुग्न समय लागेको उनले बताए।