सिमेन्ट उद्योग सम्मृद्धिसँग जोडिएको छः मन्त्री बस्नेत, समस्या समाधान गर्न तयार रहेको भनाइ

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014

काठमाडौं। उद्योगमन्त्री महेश बस्नेतले सिमेन्ट उद्योग मुलुकको सम्मृद्धिसँग जोडिएका यसमा देखिएका समस्या समाधान गर्न आफू तयार रहेको बताएका छन्। नेपाल सिमेन्ट उत्पादन संघको १० औं साधारणसभामा बोल्दै मन्त्री बस्नेतले सिमेन्ट उद्योगको विकास र विस्तारका सवालमा देखिएका समस्या र चुनौती हल गर्न आफू तयार रहेको बताए।

Tata
GBIME
Nepal Life

लगानीमैत्री बातावरण बन्न नसके मुलुकको चाहेका आर्थिक समृद्धि हासिल नहुने भन्दै मन्त्री बस्नेतले उद्योग संचालनमा देखिएका नीतिगत समस्या र अन्तर मन्त्रालयबीचका अवरोधलाई हटाउन आफू कटिबद्ध रहेकोसमेत बताए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, उद्योग सचिव उत्तमकुमार भट्टराईलगायतले सिमेन्टको उत्पादन त्यसको खपत र यस भित्र देखिएका समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त राखेका थिए।

कार्यक्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष धुव्रराज थापाले नेपाल सिमेन्ट उद्योग आत्मनिर्भरतातर्फ उन्मुख भएकाले यसमा विदेशी लगानीको आवश्यकता नपर्ने बताए। हाल ३५ भन्दा बढी साना तथा ठुला सिमेन्ट उद्योगहरु सञ्चालनमा भएपनि नीतिगत समस्या, अन्तर मन्त्रालयबीच देखिएको समन्वय अभावका कारण यो क्षेत्र बढी प्रभावित भएको बताए। ऊर्जा संकट लगायतका समस्याले उद्योग सञ्चालनमा कठिनाइ भएको उनको भनाइ थियो।