आइएमएसले ल्यायो सामसङका नयाँ एसेसरिज बजारमा, युएसबी हब र एक्सन माउस नेपाल भित्रियो

बिजमाण्डू
२०७१ असोज ७ गते ००:०० | Sep 23, 2014

काठमाडौं। सामसङ मोबाइलको आधिकारिक वितरक आइएमएसले आफ्ना ग्राहकका लागि दुई आकर्षक नयाँ एसेसरिज बजारमा ल्याएको छ। कम्पनीले ल्यान युएसबी हब र एस एक्शन माउस बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

ल्यान युएसबी हबले ग्राहकलाई नोट प्रो १२.२ तथा ट्याब एसलाई इथरनेट केबलबाट इन्टरनेटमा कनेक्ट गर्न मद्दत गर्छ। यसका साथै ग्राहकले किबोर्ड, माउस र अन्यउपकरण पनिल्यान युएसबी हब मार्फत नोट प्रो १२.२ तथा ट्याब एसमा जोड्न सक्छन्। यसको २१ पिनको आकर्षक युएसबि ३.० कनेक्टरले एडप्टर प्रयोग गर्दा सजिलै चार्ज गर्ने सुविधा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

एस एक्शन माउस १० मिटरको दूरीसम्म चलाउन मिल्ने पूर्ण रुपमा ब्लूटुथ ३.० सपोर्ट गर्ने माउस हो। यो माउस अत्याधिक आरामदायी र कन्ट्रोल भएको कम्पनीले दावी गरेको छ। यो माउसमा वायरलेस माउसको सुविधा र वायर्ड माउसको सटिक नियन्त्रणलाई समावेश गरिएको छ। एस एक्शन माउसको रिसेन्ट एप मेनु र मल्टि विन्डो सुविधाले रिसेन्ट एप हेर्न र मल्टि विन्डो चलाउन सहज बनाउने कम्पनीले जनाएको छ।

एन्ड्रोइड ४.४ वा सो भन्दा माथि भएको र रिसेन्ट एप मेनु र मल्टि विन्डो सपोर्ट गर्ने सामसङका कुनै पनि मोबाइल र ट्याब्लेटमा यो माउस प्रयोग गर्न सकिने आइएमएसले जनाएको छ ।