सिद्धार्थ लगानी वृद्धि योजना–१ को प्रतिइकाइ खुद सम्पती मूल्य १७, केही सेयरमा कागजी नोक्सान



बिजमाण्डू
२०७१ असोज १२ गते ००:०० | Sep 28, 2014
काठमाडौं। असारमा प्रतिइकाई खुद सम्पती मूल्य २१.२१ रुपैयाँ रहेको सिद्धार्थ लगानी वृद्धि योजना–१को भदौंमा घटेर १७.३४ रुपैयाँ पुगेको छ । सिद्धार्थ क्यापिटल फण्ड अन्र्तगत सञ्चालित सामूहिक लगानी कोषको व्यवस्थापन रहेको यो योजनाको खुद सम्पत्ती मूल्य घटेको छ । 
साउनको तुलनामा भदौंमा कम्पनीको प्रापत आम्दानी बढेपनि जम्मा आम्दानी नोक्सानमा छ । साउनमा प्राप्त आम्दानी ९१ लाख ५१ हजार आम्दानी गरेको योजनाले भदौंमा भने एक करोड ९५ लाख रुपैयाँ कमाएको छ । योजनाले प्राप्त नभइसकेको आम्दानी १० करोड ८० लाख ९३ हजार रुपैयाँ नोक्सानमा रहेको देखाएको छ । यो नोक्सान कागजी नोक्सान हो । 
 
योजनाहरुले गत आव अन्त्यमा प्राप्त भइनसकेको आम्दानीलाई भने सञ्चितीमा राख्छन । गत बर्ष कम्पनीमा भएको लगानीको शुरु मूल्यमा यसपटकको अन्तिम मूल्य (गत साउनको) लाई घटाएर त्यही बाँकी रकमलाई यस्ता योजनाले यस बर्षको लगानीको रुपमा मान्दछन ।  
 
यस भदौंसम्ममा योजनाको सुचीकृत सेयरमा लगानी ८४ करोड ८३ लाख रुपैयाँ रहेको छ । योजानले ५४ कम्पनीको सेयरमा लगानी गरेको छ । कम्पनीको खुद सम्पती एक अर्ब छ करोडबाट घटेर ८६ करेड ७३ लाख रुपैयाँमा सिमित भएको छ ।   
 
त्यस्तै, कम्पनीको दोस्रो योजना सिद्धार्थ इक्वीटी ओरियन्टेड योजनाको भदौंमा प्रतिइकाई खुद सम्पत्ती मूल्य ९.९३ बाट घटेर ९.६३ कायम भएको छ । योजना अन्र्तगत २८ कम्पनीका सेयरमा २८ करोड ९९ लाख रुपैयाँ लगानी भएको छ । एक अर्ब रुपैयाँको योजनाले सेयर सहति बैंक मुद्दती, ऋणपत्र र अन्य सुचीकृत नभएका सेयर हकप्रद बोनस लगायतमा गरि कुल ३५ करोड ६६ लाख रुपैयाँ लगानी गरेको छ । यो योजनाको प्राप्त नभइसकेको अम्दानी पनि दुई करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । प्राप्त भएको आम्दानी एक लाख ९५ हजार रुपैयाँ छ । 
 

Tata
GBIME
Nepal Life