एनएमबी बैंकसँग पाथिभरा विकास र भृकुटी डेभलपमेन्ट बैंक गाभिँदै, स्वाप अनुपात डिडिएपछि



बिजमाण्डू
२०७१ असोज १३ गते ००:०० | Sep 29, 2014
काठमाडौं। एनएमबी बैंकसँग क्षेत्रीयस्तरका दुई विकास बैंकहरु मर्ज हुने भएका छन्। एनएमबीसँग पूर्वका पाथिभरा विकास बैंक र पश्चिमको भृकुटी डेभलपमेन्ट बैंक गाभिने भएका हुन्।
 

Tata
GBIME
Nepal Life

तीन बैंकबीच गाभिनका लागि सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा एनएमबी बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक कमलेशकुमार अग्रवाल, पाथिभराका सञ्चालक दिनानाथ दाहाल र भृकुटीका वावुराम भट्टराईले हस्ताक्षर गरेका छन्। 
 

गाभिएपछि नयाँ संस्थाको नाम एनएमबी बैंक नै रहने छ। 
 
विवरण (Rs.000) एनएमबी पाथिभरा भृकुटी
चुक्ता पुँजी २०००००० ११५००० ४२३७८३
निक्षेप २७०८७२५८ १५३८०७२ ४९८७२९२
कर्जा २०४६७०४१ ११०१६२४ ४००३३४७
पुँजी कोष अनुपात % १०.७७ १२.७४ १३.५६
खराब कर्जा % ०.५५ ०.५१ ०.१
नाफा ४१००६० ३४६०१ ११७८३४
प्रस्तावित लाभांस % २१.०५  – २४.५
एनबीले आफ्नो सञ्चाल विस्तार गर्नका लागि मर्जरमा जानु परेको जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले अहिलेको अवस्थामा मर्जरको विकल्प नभएको भन्दै प्रतिस्पर्धामा खरो उत्रन मर्जरमा जानु परेको जानकारी दिए।
 
'नेपालमा लगानी वातावरण सुधार भएर गएको छ। अब विदेशी बैंकहरु पनि नेपालमा आउँछन्,' हस्ताक्षर कार्यक्रममा उनले भने, 'उनीहरुसँग प्रतिस्पर्धा गर्न पनि हामी ठूलो हुन आवश्यक छ। त्यही भएर मर्जरमा जानु परेको हो।'
 
तीन बैंक मर्जर भएपछि शाखा सञ्जाल ५७ वटा पुग्ने छ। एनएमबीका २९, पाथिभराको १२ र भृकुटीको १६ वटा शाखाहरु छन्। यसवाहेक एक्सटेन्सन काउन्टर एनएमबीसँग दुई र भृकुटीसँग तीन वटा छन्। अहिले एनएमबीका ३३ र भृकुटीको एउटा एटिएम सञ्चालनमा छन्।
 
बैंक कुन अनुपातमा गाभिने टुङ्गो तीन वटै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि टुङ्गाले लगाइने सहमति भएको छ। मर्जरपछि पुँजी तथा जगेडा कोष तीन अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ। निक्षेप ३३ अर्ब ६१ करोड र कर्जा २५ अर्ब ५७ करोड रुपैयाँ पुग्ने छ। 
 
तीन वटै संस्थाले मंगलबार नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार रोक्का राखेर नेपाल राष्ट्र बैंकसँग सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिँदैछन्।