घडीका सौखिनहरुलाई टाईमेक्सको अविश्वसनीय अफर, चाडपर्वभरी सबै घडीमा २५ प्रतिसत छुट

बिजमाण्डू
२०७१ असोज १६ गते ००:०० | Oct 2, 2014
घडीका सौखिनहरुलाई टाईमेक्सको अविश्वसनीय अफर, चाडपर्वभरी सबै घडीमा २५ प्रतिसत छुट

ठमाडौं। नेपाली बजारमा टाईमेक्सका सबै घडीमा २५ प्रतिशत छुट उपलब्ध गराइएको छ।  चाडपर्वको अवसरमा नेपालको लागि टाईमेक्स घडीको आधिकारिक वित्रे्कता हिम ईलेक्ट्रोनिक्सले यो अफर ल्याएको हो।

Tata
GBIME
Nepal Life

विश्व बजारमा निकैनै कहलिएको टाईमेक्स आफ्नो व्राण्ड ईमेज कायम राख्दै नेपालको प्राय सबै सहरमा शुलभरुपमा उपलब्ध गराईएको हिम इलेक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। टाइमेक्स अमेरिकन ब्राण्ड हो। विगत एक सय ६० वर्ष देखि नविनतम प्रविधिहरु समेट्दै अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका टाईमेक्स घडी निर्माण गरिरहेको छ।

सबै प्रकारका वर्गका उपभोक्ताहरुले खरिद गर्न सकिने टाईमेक्सका घडीहरु २५ सय देखि ६० हजार रुपैयाँसम्ममा उपलब्ध छन्। मुल्यमा भएको ठूलो विविधिकरणका कारण सम्पूर्ण उपभोक्ताहरुले टाईमेक्स खरिदमा पहुँच सम्भव भएको दावी कम्पनीको छ।

टाईमेक्सले निर्माण गरेका मार्क ईको, हेलिक्स, नौटिका जस्ता व्राण्डहरु पनि हिम ईलेक्ट्रोनिक्सले नेपालमा उपलब्ध गराउँदै आएको छ।

टाईमेक्सका विभिन्न मोडलका घडीहरुमा विभिन्न प्रकारका विशेषताहरु जस्तै मुटुको चाल र गतिविधी देखाउन सक्ने क्षमता र बाह्य तापक्रम देखाउन सक्ने प्रविधि जडान गरिएको छ। यसका अलावा अँध्यारोमा घडी हेर्नका लागी ईन्डि ग्लो, दिशा पत्ता लगाउन कम्पास रहेको छ। यस्तै जीपीएस, क्रोनोग्राफ , अल्मिटर, डिप्थ गज, थर्ममिटर, र टाईमजोन जस्ता विशेषताहरु पनि रहेका छन्।

टाईमेक्स घडीहरु अरु घडीहरु भन्दा भिन्न र सर्वाधिक रुचाईनुमा यसले महिला पुरुष लगायत सबै उमेरका उपभोक्ता सुहाउँदो र कुनै पनि समयमा फेसन भन्दा आउट डेट नहुने डिजाईन र प्रविधिनै  प्रमुख मानिएको कम्पनीले जनाएको छ।