असोजमा १६ दिन मात्रै खुल्दैछ पुजीँबजार, दशैं र तिहारको बीचमा बजारमा ठूलो उतार चढाव नदेखिने

बिजमाण्डू
२०७१ असोज १९ गते ००:०० | Oct 5, 2014
असोजमा १६ दिन मात्रै खुल्दैछ पुजीँबजार, दशैं र तिहारको बीचमा बजारमा ठूलो उतार चढाव नदेखिने

काठमाडौं। दशैंको लामो विदाका कारण बजार आधा महिना पनि नखुल्ने भएको छ। सार्वजनिक विदा धेरै परेको कारण असोजमा १६ दिन मात्रै पुँजीबजार खुल्ने भएको छ।

Tata
GBIME
Nepal Life

विदा धेरै परेपछि बजारमा उतार चढाव पनि कम हुन्छ। अधिकांस लगानीकर्ता फेस्टिभ मुडमा हुने भएकोले बजारमा उतार चढाव कम देखिने विश्लेषकहरु बताउँछन्। असोज १५ गतेदेखि बन्द भएको बजार बुधबार देखि खुल्दैछ। घटस्थापना देखि नै बजारमा लगानीकर्ता घटिसकेका थिए।

यो महिनाको अन्त्यमा त्रैमासिक व्याज भुक्तानी गर्नुपर्ने हुन्छ। कर्जा लिएकाहरुले दशैं सकिना साथ व्याजको व्यवस्था गर्नुपर्छ। व्याज तिर्नुपर्ने समयमा बजार माथि चढ्दैन, बरु बजारलाई तल तान्ने प्रयास बढी हुन्छ। दशैं अघि नै चाडबाडको प्रभाव बजारमा परिसकेको थियो।

नेप्सेसँगै करोबार रकमलाई चाडले प्रभावित बनाउँछ। विगतमा औसत कारोबार रकम निकै घट्ने गरेको थियो। यस वर्षपनि चाडबाड सुरु भएपछि कारोबार रकम खासै बढ्न सकेन। फूलपातीको अघिल्लो दिन ३० करोड रुपैयाँको सेयर किनबेच भएको थियो। औसतमा हिसाव गर्दा यो कारोबार रकम कम हो।

कारोबार रकम घटेपनि बैंक तथा वित्तीय सस्थाले धमाधम बोनस र नगद लाभांस घोषणा गरिरहेको कारण नेप्से भने तल नझर्ने अनुमान गरिएको छ। साना ठूला अधिकांस सस्थाले यस वर्ष बोनस सेयर वितरणको तयारी गरेका छन्। लगानीकर्ता बोनस सेयरप्रति निकौ आकर्षित हुने गरेका छन्।