फ्रान्सेली कम्पनी रेनाले ल्यायो १०० किलोमिटर माइलेज दिने कार, ११८ किलोमिटर प्रतिघण्टा कुद्ने

बिजमाण्डू
२०७१ असोज १९ गते ००:०० | Oct 5, 2014
फ्रान्सेली कम्पनी रेनाले ल्यायो १०० किलोमिटर माइलेज दिने कार, ११८ किलोमिटर प्रतिघण्टा कुद्ने

काठमाडौं । फ्रान्सेली अटो कम्पनी रेनाले १०० किलोमिटर प्रतिलिटर माइलेज दिने नयाँ कार सार्वजनिक गरेको छ । कम्पनीले उच्च माइलेज दिने नयाँ कारको नाम इओल्याब राखेको छ ।

Tata
GBIME
Nepal Life

रेनाले हाइब्रिड कन्सेप्टमा बनाएको यो कार २०१४ को पेरिस मोटर शो मासमेत प्रदर्शन गरिएको थियो । नयाँ कारले प्रति लिटर १०० किलोमिटर माइलेज दिनुका साथै प्रतिकिलोमिटर २२ ग्रामभन्दा कम कार्बनडाइअक्साइड ग्यास फ्याँक्ने कम्पनीले दावी गरेको छ ।

रेना इओल्याबमा तीनवटा सिलिन्डर १.०१ पेट्रोल इन्जिन तथा एउटा इलेक्ट्रिक मोटर रहेको छ । यसले ७४ बिएचपी तथा ६७ बिएचपी पावर दिने कम्पनीले जनाएको छ । यो दुवैलाई मिलाउने हो भने २०० एनएम टार्कको साथमा १४१ बिएचपी पावर दिने कम्पनीको दावी छ । यो कार ११८.४ किलोमिटर प्रतिघण्टाको गतिमा दौडिने दावी कम्पनीको छ ।

एरोडाइनामिक बनावटमा बनेको यो कारको तौल पनि कम रहेको कम्पनीले जनाएको छ । तीन पिल्लर रहेको यो कारको छत हलुका रहेको पनि कम्पनीकझ भनाइ छ ।

कम्पनीले यो कारको परिस्कृत रुपमा नयाँ कार बजारमा ल्याउने नल्याउने विषयमा अहिलेसम्म केही बताएको छैन । यद्यपि नयाँ प्रविधिको यो कारको भविष्य भने बलियो रहेको मान्न सकिन्छ ।

रेनाका अफ्रिका, पश्चिम एसिया तथा भारत क्षेत्रीय अध्यक्ष बर्नार्ड कैंबियरले आउँदो दुई वर्ष रेनाका लागि भारतीय बजार निकै चुनौतिपूर्ण रहेको बताएका छन् । उनले भारतीय बजार आफ्नो लागि निकै महत्वपूर्ण भएको बताएका छन् । उनले भारतमा आफ्नो ब्यापार वृद्धि गर्नका लागि ठुलो महत्वकांक्षाका साथ अघि बढ्ने पनि बताए ।