फिल्पकार्ट र उत्पादकहरुले ल्याए सेल अफर, सोमवार मात्रै १० करोड डलर बराबरको सामान बिक्री

बिजमाण्डू
२०७१ असोज २१ गते ००:०० | Oct 7, 2014
नयाँ दिल्ली। भारतीय एक ठुलो अनलाइन विक्रेता फिल्पकार्ट र उत्पादकहरुले सेल अफर सञ्चालनमा ल्याएका छन । बैंङलोर स्थित कम्पनीले सोमवार मात्रै १० करोड डलर बराबरको सामान बिक्री गरेको छ । 
सेल अफर अन्र्तगत भारी छुटमा समान बिक्री गर्दा पाउने नाफा मार्जिन घट्ने भएपनि प्रमूख अनलाइन विक्रेता बन्ने रणनीति अनुसार कम्पनीले योजना ल्याएको हो । तर यस्तो मार्जिनमा यसका सहयोगी उत्पादकहरुबाट पनि केही सहयोग हुने छ । 
बजारमा साम्राज्य फैलाइरहेका प्रतिस्पर्धी स्न्याप डिल र एमाजोनलाई नेतृत्व गरिरहेको फिल्पकार्टले आफ्नो उचाई दुरी थप बढाउन यस्तो योजना ल्याएको हो । कम्पनीले बिभिन्न सामानमा बिक्री मूल्यको ८० प्रतिशतसम्म छुट दिएको छ । 
 
कम्पनीले यस बर्षको यो अवधिसम्ममा कुल १.२ अर्ब डलरको कारोबार गरेको छ । आम्दानीमा वृद्धि भएसंगै कम्पनीको बजार बिस्तार गर्न र आफ्नो बजार हिस्सा बढाउन सहयोग पुग्ने देखिएको छ ।  
 
हाम्रो कम्पनीले केही महिनादेखि नै बिभिन्न ब्रान्डहरुमा अफर दिदै आएको थियो, कम्पनीका प्रमूख कार्यकारी अधिकृत तथा सहसंस्थापक सचिन बन्सलले भने । उत्पादक तथा सामान अनुसार छुटमा कम्पनीले समान रुपमा साझेदारी गरेको छैन । कतिपय उत्पादक बिक्रेताहरुले पुरै अनलाइन पेज (ट्याब) समेत खरिद गरेका छन । 
उदाहरणको लागि एक महिना अघि आफ्नो सामान बिक्रीको लागि फिलकार्टसंग सम्झौता गरेको पिपर क्लोसेटले आफ्ना सामान अनुसार फरक फरक दरमा छुट दिएको छ । उत्पादकले इन्भेन्ट्री (बिक्री योग्य सामग्री) सक्न  कपडा बिक्रीमा ५० प्रतिशतसम्म छुट दिएका छन । पिपर ब्रान्डका भान्छा र बारका भाडाकुडाको बिक्रीमा भने फिल्पकार्टले २० देखि ४० प्रतिशत छुट व्यहोर्ने सहमति गरेको छ ।  
 
 
 
 
 

Tata
GBIME
Nepal Life