मारुतीले सार्वजनिक गर्‍यो सेडान सेग्मेन्टमा सियाज कार, मुल्य सात देखि नौ लाख भारु, ७० हजार युनिट

बिजमाण्डू
२०७१ असोज २२ गते ००:०० | Oct 8, 2014

काठमाडौं । मारुती सुजुकीले भारतको केरलामा नयाँ सेडान कार सार्वजनिक गरेको छ । कम्पनीले सेडान सेग्मेन्टमा सियाज कार सार्वजनिक गरेको हो । नयाँ सेडानको मूल्य पेट्रोल इन्जिनतर्फ सात लाख ४० हजार भारुदेखि नौं लाखसम्म छ भने डिजेल इन्जिनतर्फ आठ लाख ४० हजारदेखि १० लाख २६ हजार भारु रहेको छ । कम्पनीले केरलामा मात्रै यो कार ६० देखि ७० हजार वटा बेच्ने लक्ष्य राखेको छ ।

कम्पनीले सुरुमा उक्त संख्यामा विक्री लक्ष्य राखेको र अहिले नै १० हजार बुकिङ भइसकेको दक्षिण क्षेत्रीय कमर्सियल बिजनेश प्रमुख रामसुरेश अकेल्लाले बताएका छन् । उनका अनुसार बुकिङ भएका गाडी मध्ये ६० प्रतिशत डिजेल र ४० प्रतिशत पेट्रोल इन्जिन गाडी छन् । कम्पनीले यो कार बजारमा चलेका अन्य सेडानको तुलनामा लामो र फराकिलो भएको दावी गरेको छ ।

Tata
GBIME
Nepal Life

भारतमा मारुतीले अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा ब्यापार ४४.७ प्रतिशतले बढेको जनाएको छ । जबकी यो अवधिमा अटो क्षेत्रको समग्र ब्यापार वृद्धिदर दोहोरो अंक पुग्न सकेको थिएन । गत वर्षको अप्रिलदेखि अगस्टसम्मको अवधिमा मारुतीको ब्यापार १५.८ प्रतिशतले मात्रै सुध्रिएको थियो ।

मारुतीले पछिल्ला ६ वर्षमा ग्रामीण बजारलाई प्राथमिकतामा राखेर काम अघि बढाइ रहेको जनाएको छ । चालु वर्षको पहिलो तीन महिनामा ग्रामीण क्षेत्रमा मात्रै कम्पनीको ब्यापार ३१ प्रतिशतले बढेको अकेल्लाले बताएका छन् । पाँच वर्ष अघि ५ प्रतिशत मात्रै रहेको ग्रमीण ब्यापारले गत वर्ष ३२ प्रतिशत हिस्सा ओगटेको उनले बताए ।

भारतको केरलामा मात्रै वर्षेनी १ लाख भन्दा धेरै कार विक्री हुँदै आएको छ । यो क्षेत्रमा मारुतीको हिस्सा बलियो रहेको छ । चालु वर्षको तीन महिनामा मात्रै मारुतीको बजार हिस्सा ५३ प्रतिशत रहेको थियो जुन गत वर्षको भन्दा दुई प्रतिशतले धेरै हो ।