भारतमा आइफोन सिक्सको मिडनाइट सेल, अनलाइन मार्केटको नयाँ ‘ट्रेण्ड’ सुरु भएको व्यवसायीको भनाइ

बिजमाण्डू
२०७१ असोज २४ गते ००:०० | Oct 10, 2014

एजेन्सी । ऐतिहासिक प्रिलञ्चिङ अडर भएको एप्पल आइफोन ६ तथा आइफोन ६ प्लसको मिडनाइट सेल भारतमा सुरु हुँदैछ । भारतमै पहिलो पटक यसरी एप्पलका सामानको व्यापार सुरु हुन लागेको हो ।

Tata
GBIME
Nepal Life

भारतमा यो फोनको आउँदो १७ तारेखमा औपचारिक रुपमा विक्री सुरु हुँदैछ । एप्पल स्टोरमा पाँचहजार भन्दा धेरै मोवाइल फोनको बुकिङ भइसकेको छ । मिडनाइट सेल एप्पलस्टोरका अतिरिक्त दि मोवाइल स्टोर, युनिभरसेल, प्लानेट एम रिटेल तथा संगीता मोवाइलमा पनि सुरु हुने एप्पलका उच्च अधिकारीले जनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

'भारतमा पनि आइफोनको क्रेज पश्चिमा देशहरुमा जस्तै रहेछ, मैले पहिलो पटक यो थाहा पाएँ,' दि मोवाइल स्टोरका सिइओ हिमांशु चक्रवर्तीले भनेका छन्, 'भारतमा सलमान खानको फिल्म रिलिज हुने तथा ह्यारी पोटरको किताब किन्ने जस्तै उत्साह मानिसमा देखिएको छ ।'

आइफोनको ब्यापार सुरु भएसँगै यसले अनलाइन मार्केटलाई नयाँ दिशाबाट हेर्न सकिने बनाएको भारतीय ब्यापारीहरुले बताउन थालेका छन् । प्लानेटएमका प्रमुख कार्यकारी सञ्जय कर्वाले मिडनाइट सेलले परम्परागत अफलाइन मार्केटको साटो नयाँ अनलाइन मार्केटको पनि नयाँ बाटो देखाएको बताए । 'भारतका लागि मिडनाइट सेल नयाँ कन्सेप्ट हो' उलने भनेका छन् । मिडनाइट सेलका लागि आफूहरुले केहि स्टोरहरु अबेर रातिसम्म पनि खुलै राख्ने उनले बताए ।

भारतमा १२८ जिबीको आइफोन सिक्सको बुकिङ धेरै भएको छ । यसको मूल्य ७१ हजार ५ सय भारु तोकिएको छ । गत वर्ष भारतमा आइफोन ५ करिब दुई हजार बुकिङ भएको थियो । यद्यपि अहिलेको प्रि अर्डर भने नयाँ कन्सेप्ट हो ।