नेपाली बजारमा आयो फोर्ड कुगा, एसयुभी सिरिजमा उत्कृष्ट, ८० लाख रुपैयाँ भन्दा बढी मूल्य

बिजमाण्डू
२०७१ असोज २५ गते ००:०० | Oct 11, 2014

काठमाडौं । नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता गो अटोमोबाइल्सले फोर्ड कुगा नेपाली बजारमा भित्र्याएको छ ।  अटोमोबाइल्सका अनुसार लक्जरी एसयुभी कुगा दुई हजार पाँचसय २१ सीसीको पेट्रोल इन्जिन हो ।

Tata
GBIME
Nepal Life

क्रुज कन्ट्रोल प्रणाली, भ्वाइस कमान्डलगायत सुविधा यसमा छ । यसको मूल्य ८० लाखभन्दा बढी हुने अनुमान गरिएको छ । आकर्षक स्‍पोर्टी लुक र दमदार इञ्जिन क्षमताले एसयुभीलाई सानदार बनाएको कम्पनीले दाबी गरेको छ ।
 
फोर्ड कुगामा कम्पनी ने केवल दुई लाइनको बस्ने व्‍यवस्‍था गरेको छ । जसमा पाँच जना सजिलै बस्न सक्छन् ।
 
कम्पनीले कुगाको भित्र मात्रै होइन बाहिरी आवरणलाई पनि नयाँ लुक्स दिएको छ । विशेषगरी आकर्षक ग्रील, हेडलाइट, र बम्‍फरले एसयुभी सिरिजको गाडीहरुमा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ ।
 
कुगामा ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम छ । यसैगरी अडाप्टिभ क्रुस कन्ट्रोल पनि रहेको छ ।
 
यसैगरी यसमा तीनवटा एयरव्याग समेत राखिएको छ । जसले गर्दा यात्रु तथा ड्राइभरलाई दुर्घटनाबाट बचाउन मद्दत गर्छ ।