ग्लोबल आइएमईका काठमाडौंमा दुई शाखा विस्तार, विमानस्थलमा रेमिट्यान्स सपोर्ट सेन्टर पनि

बिजमाण्डू
२०७१ असोज २७ गते ००:०० | Oct 13, 2014
ग्लोबल आइएमईका काठमाडौंमा दुई शाखा विस्तार, विमानस्थलमा रेमिट्यान्स सपोर्ट सेन्टर पनि


काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार काठमाडौं उपत्यकामा थप दुई शाखा बिस्तार गरेको छ । त्रिभुवन विमानस्थलमा खोलिएको नयाँ शाखाको नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर गोपालप्रसाद काफ्ले र ललितपुर नख्खुमा बिस्तार गरिएको शाखा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठले उद्धघाटन गरे ।

ग्लोबल आइएमई बैंकले नेपालको एकमात्र अन्तराष्ट्रिय बिमानस्थल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल नजिक रेमिट्यान्स व्यवसायलाई लक्षित गरि शाखा बिस्तार गरेको हो । साथै बिदेश जाने र बिदेशबाट आउनेहरुको व्यापक चहलपहल रहने एयरपोर्ट क्षेत्रमा रेमिट्यान्स सेवालाई अझ सहज र प्रभाबकारी बनाउन उक्त शाखामा “रेमिट्यान्स सर्पोट सेन्टर” पनि स्थापना गरिएको बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।

Tata
GBIME
Nepal Life

थप गरिएका दुई शाखासंगै ग्लोबल आइएमई बैंकका काठ्माण्डौ भित्र २९ र देशभरि गरि ८४ शाखा पुगेको छ । त्यस्तै बैंकको एटिएम संख्या ८१ र शाखारहित बैंकिङ्ग सेवा २९ वटा पुगेको छ ।

बैंकका ग्राहक संख्या ५ लाख भन्दा बढि छन ।   ग्लोबल आइएमई बैंकले भारतबाट नेपालमा रेमिट्यान्स भित्राउने उद्धेश्यले आइतवार मात्रै भारतको आइडिबिआई बैंकसंग सम्झौता गरेको थियो ।