लाईफ अटोले सुरु गर्यो फियाटको विक्री, पुन्टो इभोको खरिदमा तीन वर्षे एब्सुल्युट जिरो कस्ट

बिजमाण्डू
२०७१ असोज २७ गते ००:०० | Oct 13, 2014
लाईफ अटोले सुरु गर्यो फियाटको विक्री, पुन्टो इभोको खरिदमा तीन वर्षे एब्सुल्युट जिरो कस्ट


काठमाडौं । नेपालका लागि फियाट अटो मोवाईल्स्को आधिकारीक विक्रेता लाईफ अटो मोवाईलले ईटालियन फियाट कारहरुका एक्सक्लुशीभ शोरुम गैरिधारा, नक्सालमा शुरुवात गरेको छ ।

शोरुमको लाईफ अटो मोवाईल कम्पनीका आनन्दराज बतासले उद्घाटन गरे । बतासले यो कार्यक्रम केवल शो रुम लन्च मात्र नभई, एउटा उत्सब भएको बताए ।
लाईफ अटोले गैह«ीधारास्थित एक्सक्लुशीभ शोरुममा असोज २७ देखि कात्तिक २ गतेसम्म ग्राण्ड ईटालियानो डी–फेस्टा मेला आयोजना गर्ने भएको छ । उत्सबमा उपभोक्ताले ईटालियन मोडलका विश्व प्रख्यात गाडी फियाट पुन्टो ईभो र फियाट न्यु लिनियासंग ईटालियन वातावरणमा प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्ने कम्पनीले दावी गरेको छ ।

टेस्ट ड्राईभ र वृहत लन्चको आकर्षक योजनासंगै भईरहेको यो महोत्सवलाई अझ बढी आकर्षक र उत्सबको रङ्ग दिन कार्यक्रम अवधिभर रमाईला प्रस्तुतिहरु फेस पेन्टिङ्ग, रमाईला खेल, उपहार, ईटालियन पिज्जा लगायतका अन्य थुप्रै आकर्षक प्रस्तुति समावेश गरिेएको पनि कम्पनीले जानकारी दिएको छ ।

विश्वभर फियाट शोरुममा उपलब्ध “फियाट क्याफे”को निरन्तरता नेपालमा पनि अपनाईएको कार्यक्रममा जानकारी दिइयो । एक सातासम्म चल्ने उत्सव बिहान ११ बजे देखि साँझ ६ बजेसम्म संचालन हुने छ ।
एब्सोलियुट जिरो कस्ट
लाईफ अटोले, उपभोक्ताको हितलाई ध्यानमा राखी फियाट पुन्टो ईभो गाडीको खरिदमा ग्राहकले तीन बर्षसम्म ढुक्क हुने गरि “एब्सोलियुट जिरो कस्ट” नामक नौलो ग्राहक वारेन्टि पाउने भएका छन् ।
योजना मार्फत फियाट पुन्टो ईभोका खरिदकर्ताले तीन वर्षसम्मका लागि निशुल्क सम्पूर्ण सर्भिसिङ्ग र स्पेयर्स पार्टस रिप्लेसमेन्टको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । कारको खरिदमा एक बर्षसम्मको ईन्स्योरेन्स र रोड ट्याक्समा लाग्ने खर्च पनि कम्पनीले व्यहोर्ने जानकारी कम्पनीले दिएको छ ।

Tata
GBIME
Nepal Life


त्यसैगरी न्युनतम डाउन पेमेन्ट गरे वापत फियाट पुन्टो इभो डाएनामिक, मात्र मासिक २९ हजार रुपैयाँको सरल किस्तामा र फियाट न्यु लिनिया मात्र मासिक ३८ हजार रुपैयाँको सरल किस्तामा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ ।
सबै भन्दा धेरै रुचाईएको युरोपियन ब्राण्ड, फियाट क्राईसलर अटोमोवाईल्सले १६ ब्राण्डहरु उत्पादन गर्छ । जस अन्तर्गत फेरारि र मासरिटी जस्ता ब्राण्डहरु पनि पर्ने कम्पनीले जानकारी दिएको छ ।
फियाटले कार उत्पादन कम्पनीको सय वर्ष भन्दा लामो गौरवशाली ईतिहास बोकेको छ । चार “गोल्डेन कम्पास अवार्ड” र नौं  “युरोपियन कार अफ द ईयर” जित्न सफल फियाट कार फ्रान्स, टर्की, सर्बीया, भारत र चीन जस्ता मुलुकहरुमा विस्तारित छ ।