कारोबारको केही समयदेखि नै बढ्यो नेप्से, नौं सय आठबाट सुधार, तीन अंकले बढेर ९११ मा पुग्यो

बिजमाण्डू
२०७१ असोज २८ गते ००:०० | Oct 14, 2014
कारोबारको केही समयदेखि नै बढ्यो नेप्से, नौं सय आठबाट सुधार, तीन अंकले बढेर ९११ मा पुग्यो


काठमाडौं। कारोबार खेलेको केही समयदेखि नै बढ्ने क्रममा रहेको नेप्से परिसूचक तीन अंकले बढेर ९११.८४ मा आइपुगेको छ। कारोबारको पाँचौ दिनमा नेप्सेमा सुधार आएको हो। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको आवश्यकता बारे स्पष्ट बनाएपछि सेयर बजारमा केही सुधार देखिएको बिश्लेषकहरुले बताएका छन। अर्काेतर्फ दशैंको ह्याङओभर सकिएको, कर्जा लिएर लगानी गरिरहेकाहरुले दोस्रो त्रैमाशको लागि व्याज तिर्ने अवधि लगभग सकिएको लगायतको कारणले पनि बजारमा सामान्य सुधार देखिएको मानिएको छ। 
 
वाणिज्य बैंक, बीमा र होटेल समूहले बजार बढाउन सहयोग पुर्याए । शुरुदेखि नै बढ्दो क्रममा देखिएको बजारमा मोलमोलाई तीव्र भएपनि मूल्य बढि तिर्न लगनीकर्ताहरु इच्छुक देखिएपछि सुधार आएको हो । यसअघि पनि नेप्से नौं सय आसपास आएर केही बढेको थियो । त्यसपछि आठ सय ८३ सम्म पुगेको नेप्से केही बढ्ने क्रममा नौं सय ३७ सम्म पुगेर ओर्लिएको हो । बजारले नौं सयको असपासको तहमा टेवा पाँउदै आएको छ । 

Tata
GBIME
Nepal Life

धेरै अन्तरले मूल्य नबढेपनि ६६ कम्पनीको सेयरलाई लगानीकर्ता बढि रकम तिर्न तयार भए । ४८ कम्पनीको सेयर मूल्य भने घटेको छ । धेरै अन्तरले मूल्य नबढेपनि ६६ कम्पनीको सेयरलाई लगानीकर्ता बढि रकम तिर्न तयार भए । ४८ कम्पनीको सेयर मूल्य भने घटेको छ । पाँच वाणिज्य बैंकको सेयर मूल्य घटेपनि समूहमा भने करिब छ अंकको सुधार आयो । एलायन्स इन्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतको सेयर मूल्य बढेको छ । बीमा समूह करिब १० अंकले उक्लियो । 

लक्ष्मी लघुवित्त ले गर्यो डेब्यु
 
लक्ष्मी लघुवित्त बिकास बैंकको मंगलवार तीन सय सात रुपैयाँमा डेब्यु भएको छ । बैंकको अंकित मूल्य सय रुपैयाँमा सेयर किनेकाहरुले पहिलो कारोबारमा नै तीन गुणा बढि मूल्य पाएका छन । एक पटक भएको कारोबारमा बैंकको ४१ कित्ता सेयर कित्ता सेयरको किनबेच गरिएको हो ।  

नेप्सेके नया वेबसाइटमा समस्या आएपछि मंगलवार पुरानै वेबसाइटमा कारोबार गतिविधि हेर्न नेप्सेले सबैलाई आग्रह गरेको थियो। यद्यपी बजार बन्द हुनु केही अगावै नया वेवसाइटमा पनि सुधार देखिएको थियो ।

 

त्यस्तै, नेप्सेले कारोबारको गतिविघि हेर्न सकिने मोबाइल एप्लिकेशनको पनि बिकास गर्न लागेको छ । यसको लागि कम्पनीले स्थानियस्तरका एप्लिकेशन डेभलपरसंग आशय पत्रको माग गरेको छ ।