हुदहुदको प्रभावले ५६ उडानमा असर, नाै अन्तराष्ट्रिय उडान डाइभर्ट, अान्तरिकका ७० प्रतिशत उडान रद्

बिजमाण्डू
२०७१ असोज २८ गते ००:०० | Oct 14, 2014
हुदहुदको प्रभावले ५६ उडानमा असर, नाै अन्तराष्ट्रिय उडान डाइभर्ट, अान्तरिकका ७० प्रतिशत उडान रद्

काठमाडाैं । भारतको हुदहुद आँधीले नेपालमा समेत दुइदिनदेखि अविरल पानी पारेपछि नेपाल आन्तरिक र बाह्य उडानका ५६ वटा वायुसेवाको उडान प्रभावित भएको छ ।

Tata
GBIME
Nepal Life

मंगलबार बिहानैदेखि मौसम बिग्रिएकोले नौ अन्तर्राष्ट्रिय उडान र ४७ आन्तरिक उडान प्रभावित भएका हुन् ।

मौसम खराव भएका कारण नेपाल भित्रने आठवटा बाह्य र नेपालबाट बाहिर जाने बुद्ध एयरको एक गरी नौ अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

विभिन्न मुलुबाट नेपाल आएका नाै अन्तर्राष्ट्रिय उडानका वायुसेवा आधा घण्टादेखि डेढ घण्टासम्म आकाशमा होल्ड गरेर फिर्ता भएका छन्।

नेपाली आकाशमा अइपुगेर पनि त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेपछि एयर अरेविया, इण्डिगो, जेट एयरवेज, एयर एसिया, एयर इण्डिया, इत्तिहाड, चाइना इर्स्टन र ओमान एयरले भारत तथा बंगलादेश डाइभर्ट गरेका थिए। ती जहाजले भारतको बनारस, कलकत्ता, दिल्ली र लखनउ तथा बंगलादेशको ढाका विमानस्थलमा अवतरण गरेको  विमानस्थल स्थित अन्तर्राष्ट्रि टर्मिनल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

यी वायुसेवाले अवतरण गर्न नसकेका कारण फिर्ता गएको जनाएको छ । साँझपख काठमाडौं आएको विमान बंगालदेश र फ्लाई दुवैले भने करिव आधा घण्टा आकाशमा फन्को मारेर काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

काठमाडौंमा अवतरण गर्न नसकेपछि साउदी अरबको सारजहाँबाट आएको एयर अरेविया, दिल्लीबाट आएको इण्डिगो, मुम्बइबाट आएको जेट एयर, ओमानको मस्कटबाट आएको ओमान एयर र अबुधावीबाट आएको इत्तिहाड एयरवेज भारतको लखनउ फिर्ता गएका छन्।

बनारस र दिल्लीबाट आएको एयर इण्डिया बनारस नै फिर्ता भएका छन् ।

यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको एयर एसिया एक्स भारतको कलकत्ता, चीनको कुन्मीङबाट आएको चाइना इस्टर्न बगलादेशको ढाका फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल व्यवस्थापन प्रमुख ठाकुरले बताए।

उनका अनुसार काठमाडौंबाट भारतको बनारस उडेको बुद्ध एयरको जहाज पनि खराब मौसमकै कारण फिर्ता भएको छ।

उनका अनुसार आन्तरिक उडानमा पनि करीव ७० प्रतिशत उडान मौसम खराबीले रद्द भएका छन् । आन्तरिक उडानका वायुसेवामा यती एयरको पाँच वटा माउन्टेन फ्लाइटसहित १९ वटा उडान रद्ध भएको छ। बुद्ध एयरको पनि पाँच वटा माउन्टेनसहित १४ वटा उडान रद्ध भएको सम्वन्धित वायुसेवाको विमानस्थल कार्यालयले जानकारी दिएका छन्।

सिम्रिक एयरको पनि ६ वटा माउन्टेनसहित १५ वटा उडान रद्ध भएको छ । मौमको खराबीले बिहानको माउन्टेन फ्लाइट र पोखराको सबै उडान रद्ध भएको हो। अन्य क्षेत्रमा आशिंक उडान रद्ध भएको छन्।

मौसमको खरीबीका काराण यतीको  पोखरा भएन नौ, भरतपुर नेपालगञ्ज, भैरहवा, जनकपुर विराटनगरका १/१ उडान रद्ध भएको छ। बुद्ध एयरको पनि पोखरा पाँच, भैरहवा दुई, विराटनगर, वनारस र भरतपुरको १/१ उडान रद्ध भएको उल्लेख छ।

थप यो पढ्नुहाेस्

हुदहुद चक्रवातको असर यसरी पर्‍यो काठमाडौँमा, पश्चिम र सुदूरपश्चिममा भारी वर्षाको संभावना