गौमुखी बिकास बैंकले माग्यो २६ जना कर्मचारी, कुचीकारदेखि सहायक अधिकृत सम्म जागिर खुल्यो

बिजमाण्डू
२०७१ असोज २९ गते ००:०० | Oct 15, 2014
काठमाडौं। गौमुखी बिकास बैंकले २६ जना कर्मचारीको माग गर्दै सुचना निकालेको छ। बैंकले तीन जना सहायक अधिकृत, प्रशासन तर्फको लागि दुई जना बरिष्ठ सहायक, प्राविधिक तर्फको लागि पनि एक जना बरिष्ठ सहायक, १३ जना कार्यालय उपसहायकको माग गरेको छ । 
 
सहायक अधिकृतको लागि वाणिज्यशास्त्र, अर्थशास्त्र, विज्ञानशास्त्र वा मानविकीमा संकायमा अनिवार्य रुपमा गणित बिषय लिएर स्नातकोत्तर गरेको हुनु पर्दछ । यी बिषयमा स्नातक उतीर्ण गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा एक बर्षको कार्य अनुभव भएकाले पनि ओवेदन दिन सक्छन । 
 
त्यस्तै, प्रशासन तर्फको वरिष्ठ सहायकमा वाणिज्यशास्त्र, अर्थशास्त्र, विज्ञानशास्त्र वा मानविकीमा संकायमा अनिवार्य रुपमा गणित बिषय लिएर स्नातक गरेको हुनु पर्दछ । यी बिषयमा स्नातक उतीर्ण गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा छ महिनाको कार्य अनुभव भएकाले पनि आवेदन दिन सक्छन । यसबाहेक प्लस टु उतीर्ण गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा दुई बर्ष काम गरेकाले पनि आवेदन दिन सक्छन । 
 
प्राविधिक तर्फको वरिष्ठ सहायकमा कम्प्युटर हार्डवेयर, सफ्टवेयर लगायतमा उतीर्ण गरेको हुनु पर्नेछ । यसका साथै वाणिज्य शास्त्र, अर्थशास्त्र, विज्ञानशास्त्र वा मानविकीमा संकायमा अनिवार्य रुपमा गणित बिषय लिएर स्नातक वा प्लस टु गरेको पनि हुनुपर्ने छ । 
 
कार्यलय उपसहायक हुनको लागि वाणिज्य शास्त्र, अर्थशास्त्र, विज्ञानशास्त्र वा मानविकीमा संकायमा अनिवार्य रुपमा गणित बिषय लिएर स्नातक गरेको हुनु पर्छ । यी बिषयमा प्लस टु गरेर बैंक तथा वित्तीय संस्थामा कम्तीमा छ महिनाको कार्य अनुभव भएकाले पनि आवेदन दिन सक्छन ।
 
त्यस्तै बैंकले एक जना ड्राइभर, एक सुरक्षा गार्ड र एक कुचीकारको माग गरेको छ । बैंकको वेबसाइडमा दरखास्त फारम राखिएको र फारम भरेर बैंकको इमेलमा पठाउन सकिने उल्लेख गरेको छ ।   
 

Tata
GBIME
Nepal Life